फाल्गुन १७, काठमाडौं । प्रदेश ३ को सरकारले मुख्यमन्त्री चुनिएको १५ दिनपछि पूर्णता पाएको छ । बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले एमालेका तीन र माओवादीका तर्फबाट एक मन्त्री नियुक्त गरेका छन् । यसअघि २८ माघमा एमालेका केशव स्थापितले भौतिक पूर्वाधार र माओवादीका शालिकराम जमरकट्टेलले आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ लिएका थिए ।
मुख्यमन्त्री पौडेलले पदबहाली गरेको एक साताभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने दाबी गरे पनि उनकै व्यस्तताका कारण ढिलाइ भएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।
एमालेबाट नियुक्त कैलाश ढुंगेललाई आर्थिक मामिला, अरुणप्रसाद नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरण र दावा दोर्जे लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । माओवादीका युवराज दुलाल सामाजिक विकासमन्त्री बनेका छन् ।
एमालेमा विवाद, माओवादीलाई घाटा
माओवादीलाई तीन मन्त्रालय दिने सहमति भएको थियो । तर, एमालेभित्र विवाद भएपछि माओवादीले दुईवटामा चित्त बुझाउनुपर्यो । पछि मन्त्रालय थपेर दिने सहमति भएको आन्तरिक मामिलामन्त्री जमरकट्टेलले बताए ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर