बुधबार रत्नपार्क स्थित प्रदुषण मापक यन्त्रको अवलोकन गर्न पुगेका मन्त्री पण्डितले प्रदुषण नियन्त्रण गर्न आफूले प्रयास गरिरहेको बताए । ‘हामीकहाँ प्रदुषण बढ्दै गएको छ भन्ने बारेमा सबैलाई जानकारी छ अब हामीले तत्काल यो नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्छ’ उनले भने ।
देशभरीको प्रदुषणको अवस्था बारेमा जानकारी लिने गरी अन्य स्थानमा पनि यन्त्रहरु जडान गर्नुपर्ने मन्त्री पण्डितको भनाइ छ । एक स्थानमा यस्तो मापक यन्त्र राख्नका लागि ३ करोड बराबरको रकम खर्च हुने विभागका अधिकारीहरुको भनाई छ ।
हिउँदको समयमा पानी खासै नपर्ने भएकाले काठमाडौंको प्रदुषण बढ्ने गरेको छ । पानी परेपछि भने केही मात्रामा काठमाडौको वायुमा प्रदुषणको मात्रामा केही कमी आउँछ ।

अपराध गर्नेलाई दण्डित गरेरै छोडिन्छ
मन्त्री पण्डितले अपराध गर्नेलाई दण्डित गर्न आफू पछि नहट्ने दोहार्याएका छन् । मापदण्ड विपरितका ठुला होटल र उधोगहरुलाई कारवाही शुरु गरेका मन्त्री पण्डितले कानुन विपरितका गतिविधि गर्ने जो सुकैलाई पनि नछोड्ने प्रतिवद्धता व्यक्त गरे ।
सामुदायिक रेडियो प्रसारक संघद्वारा ललितपुरमा आयोजित कार्यक्रममा उनले देश र जनताको हकहितमा काम गर्न आफू सक्रिय भएकाले सबैको सहयोग भए माक्स मुक्त क्षेत्र बनाउन सकिने बताए ।
उनले सामुदायिक रेडियो प्रकाशक संघले प्रकाशन गरेको ‘सामुदायिक मेलमिलाप’ नामक पुस्तक पनि विमोचनसमेत गरेका थिए । विभिन्न जिल्लामा रहेका सामुदायिक मेलमिलाप केन्द्रले समाजमा भएका घटना चित्रण सहित समाधानका उपायबारे पुस्तकमा उल्लेख छ ।
पुस्तकमा गाउँका विवाद गाउँमै साम्य, रेडियोको कथाले दियो नयाँ जीवन, जब आमा–बाबुका अगाडि दाजुभाइ अङ्काल गरे, जग्गा विवादले बोली बन्द मिलाउने काममा मेलमिलाप केन्द्र, रेडियो कार्यक्रम सुनेको भरमा विवाद मिल्यो, टुटेको सम्बन्ध जोड्दै मेलमिलाप केन्द्रलगायतका २९ वटा लेख समावेश छन् ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा