February 28, 2018

काठमाडौं माक्समुक्त बनाउन नयाँ प्रविधिका गाडी भित्र्याइने: मन्त्री पण्डित

 

काठमाडौं, फागुन १६ । वातावरण मन्त्री लालबाबु पण्डितले माक्समुक्त काठमाडौं बनाउन नयाँ प्रविधिका गाडी मात्र भित्र्याइने बताएका छन् । काठमाडौं उपत्यकाकाको प्रदुषणको मूख्य कारक सवारी साधनबाट निस्कने धुलो भएकाले यसमा नयाँ प्रविधिका सवारी साधन मात्रै भित्र्याउने व्यवस्था गर्ने उनले जानकारी दिए ।

बुधबार रत्नपार्क स्थित प्रदुषण मापक यन्त्रको अवलोकन गर्न पुगेका मन्त्री पण्डितले प्रदुषण नियन्त्रण गर्न आफूले प्रयास गरिरहेको बताए । ‘हामीकहाँ प्रदुषण बढ्दै गएको छ भन्ने बारेमा सबैलाई जानकारी छ अब हामीले तत्काल यो नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्छ’ उनले भने ।

देशभरीको प्रदुषणको अवस्था बारेमा जानकारी लिने गरी अन्य स्थानमा पनि यन्त्रहरु जडान गर्नुपर्ने मन्त्री पण्डितको भनाइ छ । एक स्थानमा यस्तो मापक यन्त्र राख्नका लागि ३ करोड बराबरको रकम खर्च हुने विभागका अधिकारीहरुको भनाई छ ।

हिउँदको समयमा पानी खासै नपर्ने भएकाले काठमाडौंको प्रदुषण बढ्ने गरेको छ । पानी परेपछि भने केही मात्रामा काठमाडौको वायुमा प्रदुषणको मात्रामा केही कमी आउँछ ।

अपराध गर्नेलाई दण्डित गरेरै छोडिन्छ
मन्त्री पण्डितले अपराध गर्नेलाई दण्डित गर्न आफू पछि नहट्ने दोहार्याएका छन् । मापदण्ड विपरितका ठुला होटल र उधोगहरुलाई कारवाही शुरु गरेका मन्त्री पण्डितले कानुन विपरितका गतिविधि गर्ने जो सुकैलाई पनि नछोड्ने प्रतिवद्धता व्यक्त गरे ।

सामुदायिक रेडियो प्रसारक संघद्वारा ललितपुरमा आयोजित कार्यक्रममा उनले देश र जनताको हकहितमा काम गर्न आफू सक्रिय भएकाले सबैको सहयोग भए माक्स मुक्त क्षेत्र बनाउन सकिने बताए ।

उनले सामुदायिक रेडियो प्रकाशक संघले प्रकाशन गरेको ‘सामुदायिक मेलमिलाप’ नामक पुस्तक पनि विमोचनसमेत गरेका थिए । विभिन्न जिल्लामा रहेका सामुदायिक मेलमिलाप केन्द्रले समाजमा भएका घटना चित्रण सहित समाधानका उपायबारे पुस्तकमा उल्लेख छ ।

पुस्तकमा गाउँका विवाद गाउँमै साम्य, रेडियोको कथाले दियो नयाँ जीवन, जब आमा–बाबुका अगाडि दाजुभाइ अङ्काल गरे, जग्गा विवादले बोली बन्द मिलाउने काममा मेलमिलाप केन्द्र, रेडियो कार्यक्रम सुनेको भरमा विवाद मिल्यो, टुटेको सम्बन्ध जोड्दै मेलमिलाप केन्द्रलगायतका २९ वटा लेख समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।