February 28, 2018

विश्वकप क्रिकेट पहिलो अभ्यास खेलमा नेपाल यूएईविरुद्ध ५ विकेटले विजयी


नेपाली क्रिकेट टीम

नेपाली क्रिकेट टीम
 

फल्गुन १६, काठमाडौं । विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल यूएईविरुद्ध ५ विकेटले विजयी भएको छ । यूएईले दिएको १ सय ७२ रनको लक्ष्य नेपालले ४ बल बाँकी छँदै पूरा गरेको हो ।चिसो मैदान भएका कारण खेल ढिलो गरि सुरु भएपछि २९ ओभरमा छोट्याइएको खेलमा नेपालका शरद भेषावकरले नटआउट ४१ तथा आरिफ सेखले २३ रनको पारी खेल्दै नेपालको जित सुनिश्चित गरेका थिए । यस्तै नेपालका दीपेन्द्रसिंह ऐरीले ४१ तथा कप्तान पारस खड्काले २८ रन जोडे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २८.५ ओभरमा सवै विकेट गुमाएर  १ सय ७१ रन बनाएको हो।यूएईका अस्फाक अहमदले ४२, अदनान मुफ्तीले ३७, घुलम सब्बरले ३२ तथा मोहम्मद उस्मानले २६ रन जोडे। बलिङमा नेपालका ललितसिंह भण्डारीले ४ तथा करणकेसीले ३ तथा ललितनारायण राजबंशीले २ विकेट लिए।नेपालले अर्को अभ्यास खेल फागुन १७ गते हङकङविरुद्ध खेल्नेछ। विश्वकप छनोटको लिगचरणका चार खेलपछि अंकतालिकामा शीर्ष तीनभित्र रहन सके नेपाल सुपर सिक्समा प्रवेश पाउनेछ। सुपरसिक्समा दुबै समूहका टोलीले एकअर्कासँग खेलेपछि अंकका आधारमा शीर्ष दुईमा रहने टोलीले सन् २०१९ को विश्वकपमा स्थान बनाउँनेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।