
फाल्गुन ८, काठमाडौं । देउवा सरकारले कार्यसम्पादन मूल्याकंन किर्ते गरेको आरोप लगाई प्रहरी मार्फत व्यापक खोजी गरिरहेका पूर्व डिआईजी एवं एमाले सांसद नवराज सिलवाल केपी प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिएका छन् ।सिलवाल सोमबार साँझ एमाले नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री ओलीलाई भेटन बालुवाटार पुगेका थिए ।
सरकारी छाप दस्तखत किर्ते मुद्दामा सर्वोच्च अदालतको आदेश अनुसार प्रहरीले अनुसन्धानका निम्ति सिलवाललाई ब्यापक खोजी जारी राखेको थियो । पुसको दोस्रो सातामात्रै प्रहरी परिसर काठमाडौंले सिलवाललाई बयानका लागि उपस्थित गराउन भन्दै प्रहरी परिसर ललितपुरलाई पत्राचार गरेको थियो ।
सिलवाल फेला नपरेपछि प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी कार्यालयलाई पत्राचार गर्दै उनको खोजी जारी राख्न आन्तरिक सर्कुलर गरेको थियो । यति गर्दा पनि सिलवाल फेला नपरेपछि प्रहरी प्रधान कार्यालयले सिलवालका नाममा इन्टरपोलमार्फत डिफ्युजन नोटिससमेत जारी गरेको थियो ।, यो खबर आजको कान्तिपुरमा छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर