February 19, 2018

फोहोर गर्नेलाई ठाउँका ठाउँ दण्डित गर्छु–मन्त्री पण्डित

काठमाडौँ, ७ फागुन / जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरणलाई स्वच्छ राख्नका लागि फोहोर गर्नेलाई अब ठाउँका ठाउँ दण्डित गर्नुपर्ने बताउनुभएको छ । वाग्मती बचाउ अभियान नेपाल र राधिका ट्रष्ट नेपालले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले वातावरण स्वच्छ राख्न निर्दयी कदम चाल्नका लागि आफू तयारी अवस्थामा रहेको बताउनुभयो ।

मन्त्री पण्डितले वातावरणलाई स्वच्छ राख्न र मानवमैत्री वातावरण बनाउन आफू ऐन तथा नियम नै संशोधन गर्ने पक्षमा रहेको बताउँदै प्लाष्टिकको थुप्रोले विष्णुमतिको दोभानमा सगरमाथाको जस्तै चूचुरो बनाएकोमा चिन्ता व्यक्त गर्नुभयो । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले सरकारको अब मुख्य ध्यान नै विकास र समृद्धि भएको बताउँदै वर्तमान सरकार जनअपेक्षा पूरा गर्ने दिशातर्फ अघि बढ्ने बताउनुभयो ।

राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिम्सिनाले सूचनाको पहुँच सबै नागरिकमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । ट्रष्टकी अध्यक्ष राधिका पोखरेलले अब नेपालमा चाइल्ड केयर सेन्टर खोल्ने योजनामा रहेको जानकारी गराउनुभयो । कर्यक्रममा मन्त्री पण्डित र थापालाई खादा ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का