February 19, 2018

फोहोर गर्नेलाई ठाउँका ठाउँ दण्डित गर्छु–मन्त्री पण्डित

काठमाडौँ, ७ फागुन / जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरणलाई स्वच्छ राख्नका लागि फोहोर गर्नेलाई अब ठाउँका ठाउँ दण्डित गर्नुपर्ने बताउनुभएको छ । वाग्मती बचाउ अभियान नेपाल र राधिका ट्रष्ट नेपालले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले वातावरण स्वच्छ राख्न निर्दयी कदम चाल्नका लागि आफू तयारी अवस्थामा रहेको बताउनुभयो ।

मन्त्री पण्डितले वातावरणलाई स्वच्छ राख्न र मानवमैत्री वातावरण बनाउन आफू ऐन तथा नियम नै संशोधन गर्ने पक्षमा रहेको बताउँदै प्लाष्टिकको थुप्रोले विष्णुमतिको दोभानमा सगरमाथाको जस्तै चूचुरो बनाएकोमा चिन्ता व्यक्त गर्नुभयो । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले सरकारको अब मुख्य ध्यान नै विकास र समृद्धि भएको बताउँदै वर्तमान सरकार जनअपेक्षा पूरा गर्ने दिशातर्फ अघि बढ्ने बताउनुभयो ।

राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिम्सिनाले सूचनाको पहुँच सबै नागरिकमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । ट्रष्टकी अध्यक्ष राधिका पोखरेलले अब नेपालमा चाइल्ड केयर सेन्टर खोल्ने योजनामा रहेको जानकारी गराउनुभयो । कर्यक्रममा मन्त्री पण्डित र थापालाई खादा ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।