पाँचौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा शिवम् न्युडायमण्ड एकेडेमी र सशत्र प्रहरीको एपीएफ क्लब भिड्ने भएका छन् । फाइनल खेल सोमबार हुनेछ ।नेपालगन्ज कभर्ड हलमा आइतबार भएको सेमिफाईनलमा शिवम् न्युडायमण्डले बंगलादेशको इफाट ग्रुपलाई ३ –० को सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
न्युडायमण्डले बंगलादेशको इफाटमाथि २५–६, २५–६ र २५–८ को सहज जित निकाल्यो । न्युडायमण्डको जितमा ओपन स्पाइकर मञ्जु गुरुङ वुमन अफ द म्याचबाट पुरस्कृत भइन् ।यस्तै अर्को सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै न्युडायमण्डसँग उपाधि भिड्न्त पक्का गर्यो ।
सरस्वती चौधरी वुमन अफ द म्याच भएको खेलमा एपीएफले पुलिसलाई २५–९, २५–१९, २५–२१ को सेटमा हरायो ।बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिताको बिजेताले २ लाख, उपबिजेताले १ लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गर्ने छन् ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा