सरकारले पूर्ववर्ती सरकारले राष्ट्रियसभा सदस्य मनोनयनका लागि सिफारिस गरेका तीन जनाको नाम फिर्ता लिने तयारी गरेको खबर आजको राजधानी दैनिकमा छ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले कृष्ण पौडेल, चाँदनी जोशी र गोपाल बस्नेतलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
त्यो सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी छैनन् । सचिव प्रदीप ज्ञवालीले नयाँ सरकार बनिसकेकाले विगतमा सिफारिस भएका नाम असान्दर्भिक भएको र अब नयाँ नाम सिफारिस हुने जानकारी दिए।
‘नयाँ सरकारले नयाँ नाम सिफारिस गर्छ,’ ज्ञवालीले भने। स्रोतका अनुसार एमाले र माओवादीबीच भागबण्डा गरेर तीन जनाको नाम सिफारिस गरिनेछ।
दुई जना एमाले र एक जना माओवादीका तर्फबाट सिफारिस हुने सम्भावना छ। नेकपा एमालेकाे स्थायी सिमितकाे बैठकले यसअघि नै देउवा सरकराले गरेकाे सिफारिस फिर्ता लिने निर्णय गरिसकेकाे छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा