वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियामा दुई महिनामा ५४ नेपाली मजदुरको मृत्यु भएको छ। सन् २०१८ को दुई महिनामा यति धेरै संख्यामा नेपालीले ज्यान गुमाएका हुन्। मृत्यु हुनेमा २२-४० वर्ष उमेर समूहका युवा छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
क्वालालम्पुरस्थित नेपाली दूतावासको तथ्यांकअनुसार जनवरीमा ३३ जना र फेब्रुअरीमा २१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै सुतिरहेकै बेला श्वासप्रश्वास बन्द हुनेको संख्या छ। सन् २०१८ को जनवरीमा भने सबैभन्दा धेरै करेन्ट लागेर, जलेर, ढलमा खसेर र कुटपिटमा परेर मर्नेको संख्या २१ छ। सात जनाले आत्महत्यामा ज्यान फालेका छन् भने सडक दुर्घटनामा परेर तीन र सुतेकै ठाउँमा श्वासप्रश्वास बन्द भएर मर्नेको संख्या दुई जना छ।
यसैगरी, फेब्रुअरीमा सबैभन्दा धेरै अन्य शीर्षकमा मर्नेको संख्या १३ जना छ। श्वासप्रश्वास बन्द भएर, टीबी, निमोनियालगायत रोगका कारण पाँच जनाको ज्यान गएको छ। उद्योगमा काम गर्दा घाइते भएर दुई जनाको मृत्यु भएको दूतावासको तथ्यांक छ। सन् २०१७ मा तीन सय ५१ पुरुष र तीन महिलाको मृत्यु भएको थियो।
सोही वर्ष करेन्ट लागेर, जलेर, ढलमा खसेर, कुटपिटमा परेर मर्नेको संख्या एक सय ८९ रहेको दूतावासको तथ्यांक छ। आत्महत्या गरेर मर्नेको संख्या ६४ र श्वासप्रश्वास बन्द भएर मृत्यु हुनेको संख्या ६१ थियो। दुर्घटनामा परेर सन् २०१७ मा २६ जनाको मृत्यु भएको थियो।
यसैगरी, सन् २०१६ मा तीन सय ९२ जना नेपाली मजदुरको मृत्यु भएको छ। पुरुष तीन सय ८४ र महिला आठ जनाको मृत्यु भएको हो। यस वर्ष सबैभन्दा धेरै अन्य शीर्षकमा दुई सय १९ जनाको मृत्यु भएको छ। यसैगरी, श्वासप्रश्वासका कारण ५९, सडक दुर्घटनामा ५४, आत्महत्यामा ४९ र सडक दुर्घटनामा ११ जना नेपालीको मृत्यु भएको दूतावासको तथ्यांक छ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा