February 18, 2018

क्रिकेट टोली स्वदेश फिर्ता, पारस भन्छन्, ‘विवाद छिटाे समाधान हाेस्’

 


खेलाडी चढेकाे बसकाे तस्विर लिँदै क्रिकेटप्रेमी। तस्विर साैजन्य: विनाेद पाण्डे

खेलाडी चढेकाे बसकाे तस्विर लिँदै क्रिकेटप्रेमी। तस्विर साैजन्य: विनाेद पाण्डे
 आइसीसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै विश्वकप छनोट चरणमा पुग्न सफल नेपाली टोली शनिबार साँझ स्वदेश फर्किएको छ।

नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व खेलकुदमन्त्री दलजित श्रीपाइली एवं नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गरे। राष्ट्रिय भन्डा बाेकेका सयाैं क्रिकेटप्रेमीले विमानस्थल पुगेर टाेलीकाे स्वागत गरेका थिए।

विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले आगामी खेलहरु नेपालका लागि झनै चुनौती बन्दै गएकाले नेपाली क्रिकेटको विवाद छिटाे समाधान गरी आगामी दिनमा आइपर्ने चुनौतीको सामना गर्न नेपाल तयार रहनुपर्ने बताए।

नेपालले अबको १५ दिनपछि नै विश्वकप छनोट प्रतियोगिता खेल्दैछ। नेपालले विश्वकप छनोट पक्का गर्न यसअघि दुईपटक विश्वकप जितिसकेको वेस्ट इन्डिजसहित टेस्ट मान्यता प्राप्त र एसोसिएटमै उच्चस्तरको प्रतियोगिता खेलिसकेको टोलीविरुद्ध खैल्दैछ। आगामी फागुन २० गतेदेखि जिम्बाब्वेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा यो प्रतियोगिताभन्दा झनै सुधारिएको प्रदर्शन गर्ने उनको भनाइ छ।

आइसिसीले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले जिम्बाब्वेसँग मार्च ४ मा, स्कटल्याण्डसँग मार्च ८ मा, अफगानिस्तानसँग मार्च १० र हङ्कङसँग मार्च १२ मा खेल्नेछ। 
१० टोलीबीच २१ दिनसम्म चल्ने प्रतियोगिताबाट फाइनलमा पुग्ने दुई टोली सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपका लागि छनोट हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति