February 17, 2018

नवराज सिलवाल गृहमन्त्री बन्ने पक्का ! गुण्डा नाइके तथा भ्रस्ट कर्मचारीको हुनेभो रुवाबासी

 download

फल्गुण ५, काठमाडौं । अन्तत नवराज सिलवाल गृहमन्त्री बन्ने पक्का ! गुण्डा नाइके तथा भ्रस्ट कर्मचारीको हुनेभो रुवाबासी ,आखिर बनाउने नै भए ओलीले नवराज सिलवाल लाई गृहमन्त्री ! यसरि खुल्यो राज शेयर गरौ !
ओलीको बोली ! उनले बोलेपछि तरङ्ग मात्र ल्याउँदैनन् बोलेको पूरा गरिछाड्छन् भन्ने गरिन्छ । सपना धेरै देख्ने र सपना पूरा गर्न एक्सनमा पनि जाने नेताको परिचय बनाएका ओलीले आइजीपी प्रकरणमा नवराज सिलवालमाथि अन्याय भएकोमा कडा अभिव्यक्ति दिइरहे । सिलवाल आइजीपी नबन्ने निश्चित भएपछि राजीनामा दिनु अगावै एमालेले सांसद बनाउने घोषणा गरे । ओलीले बोलेपनि धेरैले विश्वास गरेका थिएनन् । कतिपयले समानुपातिकतर्फ नाम राख्नसक्ने अनुमान गरे । तर, ओलीले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ललितपुर क्षेत्र नम्बर १ को उम्मेदवार बनाए । चुनावमा टिकट पाएपछि नवप्रवेशी सिलवाललाई जित हासिल गर्न कठिन ठानिएको थियो । उनका प्रतिष्पर्धी निवर्तमान सांसद तथा अर्थराज्यमन्त्री उदयशमशेर राणा हुनुले समेत सिलवालले जित्लान् भन्नेमा आशंका गरिएको थियो । राणाले ललितपुर क्षेत्र नम्बर १ मा विकास बजेट धेरै खन्याएका र राष्ट्रिय राजनीतिमा समेत छाएकाले हेभिवेट मानिएको थियो । तर, धेरैको आशंकालाई मेट्दै सिलवालले छ हजार बढी मतान्तरले जित दर्ता गरे । सिलवालले जितेपछि उनको राजनीतिक भविष्यबारे चर्चा हुन थालेको छ । ओलीले सिलवाललाई सांसद मात्र नभई गृहमन्त्री बनाउने घोषणा समेत गरेका थिए । ओलीको यही घोषणाले मतदातालाई प्रभावित पारेको थियो । भावी गृहमन्त्री ठानेर धेरै मतदाता उनीप्रति आकर्षित भए । त्यसमाथि उनीमाथि अन्याय भएको विषयले मतदातालाई प्रभावित पारेको थियो ।
जे बोल्यो त्यो गर्ने नेताको परिचय बनाएका ओलीले सिलवाललाई गृहमन्त्री बनाउलान् ? प्रतिक्षाको विषय बनेको छ । एमालेमा धेरै हस्तीहरू चुनाव जितेर आएका छन् । गृहमन्त्रीको अनुभव सँगालिसकेका भीम रावल देखि आकांक्षी विष्णु पौडेल, इश्वर पोखरेल सम्मका नेताहरू छन् । हस्तीहरूलाई पन्छाएर ओलीले सिलवाललाई अवसर दिनेमा धेरैको आशंका छ । सिलवाललाई गृह दिएपनि राज्यमन्त्रीको जिम्मेवारी मिल्ने अनुमान समेत गरिएको छ । तर, बोलेपछि गरिछाड्ने ओलीले बाचा पूरा नगर्लान् भन्न सकिन्न । देउवाले सिलवाललाई आइजीपी बन्नबाट रोकेकोमा ओलीको गहिरो असन्तुष्टि थियो । यस घटनाले उनलाई बिझेको थियो भन्ने सिलवाललाई सांसद सम्म बनाउन भूमिका खेलेबाट प्रष्ट हुन्छ ।

ओली देउवालाई देखाउनका लागि भएपनि सिलवाललाई गृहमन्त्री बनाउन सक्छन् । विगतमा एमालेभित्र आफ्ना विरोधी हस्ती युवा नेताहरूलाई देखाउन चुनाव हारेका महेश बस्नेतलाई मन्त्री बनाएका थिए । कर्णबहादुर थापालाई समेत मन्त्री बनाए । ओलीमा ‘राजहठ’ रहेको विगतका घटनाले देखाउँछ । यही हठले उनलाई राजनीतिको यो उचाईमा पु¥यायो । उनको हठले सिलवाललाई गृहमन्त्री सम्म बनाउन सक्छ । उनी गृहमन्त्री बनेमा प्रहरी मुख्यालयमा रोचक दृश्य देखिनेछ । उनका प्रतिष्पर्धीहरू आइजीपी प्रकाश अर्याल र जयबहादुर चन्द सम्मले सलाम ठोक्नुपर्ने हुन्छ । ओलीको बोली व्यवहारमा परिणत भएमा त्यो दिन नआउला भन्न सकिन्न । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व