February 17, 2018

मेक्सिकोमा शक्तिशाली भूकम्प

भूकम्प पछि अत्तलिएका हजारौं मानिसहरू सडकमा निस्किएका थिए

भूकम्प पछि अत्तलिएका हजारौं जनताहरु ।
   ५फाल्गुन , काठमाडौँ । रोयर्टसदक्षिणी मेक्सिकोको वहाका राज्यमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। क्षतीको विवरण अहिलेसम्म प्राप्त भएको छैन।

 

भूकम्पले त्यहाँदेखि झण्डै ३ सय किलोमिटर टाढा मेक्सिको सिटीमा रहेका भवनहरू समेत हल्लाएको थियो।भूकम्पको धक्का महसुस भएपछि मेक्सिको सिटीमा अत्तलिएका हजारौं मानिसहरू सडकमा निस्किएका थिए।टेलिभिजन फूटेजमा मानिसहरू सडकतर्फ निस्किरहेको देखिन्छ। उनीहरू एक अर्कालाई अंकमाल गर्दै रोएको र अंगालो हालेर बसेको अनि कतिपय अन्योलग्रस्त अवस्थामा रहेको देखिन्थ्यो।भूकम्प पछि केही समय सवारीसाधन समेत सडकमै रोकिएका थिए।

पछिल्लो धक्का महसुस हुँदा धेरैले गएको सेप्टेम्बर महिनाको जस्तै विनाशकारी भूकम्प आएको आशंका गरेका थिए।त्यसबेलाको भूकम्पमा झण्डै चार सयजनाले ज्यान गुमाएका थिए। बीबीसी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत