February 16, 2018

डिभिजन–२ को उपविजेता बन्यो नेपाल , सन्दीप बने सर्वोत्कृष्ट खेलाडी !

 

 

फल्गुण ४,काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाल संयुक्त अरब इमिरेट्स युएइसँग फाइनलमा पराजित हुँदा उपविजेतामा सीमित बनेको छ ।नामिवियास्थित विन्डहोकस्थित वन्डर्रस क्रिकेट मैदानमा भएको खेलमा नेपाल युएइसँग सात रनले पराजित भएको थियो । दुई सय ७८ रनको लक्ष्य पछ्याएको नेपाल ५० ओभर पूरै खेल्दै आठ विकेट क्षतिमा २७० रनमा समेटिएको थियो । 

नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट पारी गर्दै शतक पूरा गरे पनि त्यो जीतका लागि पर्याप्त भएन । कप्तान पारसले ११२ रनको योगदान दिए । एक सय तीन बल खेलेका पारसले आठ छक्का र ३ चौकाको मद्दतमा अविजित ११२ रन बनाए । त्यसैगरी उपकप्तान ज्ञानेन्द्र मल्लले २४, दिलीप नाथले १३, दीपेन्द्रसिंह ऐरीले ३५, शरद् भेषवाकरले ३०, आरिफ शेखले ७ र रोहितकुमार पौडेलले २३ रन जोडे भने करण केसीले ३, सोमपाल कामीले ६ तथा वसन्त रेग्मीले ५ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै २७७ रन बनाएको थियो । युएइका लागि शुरुआती ब्याट्सम्यान अस्फाक अहमेदले शतकीय पारी खेले । एक सय २३ बल खेलेका उनले तीन छक्का र १० चौकाको मद्दतमा ११४ रन जोडे । यस्तै कप्तान रोहन मुस्ताफाले ५१, साइमन खनवरले ४० तथा रमिद शहजादले अविजित ४१ रन जोडे ।

बलिङतर्फ नेपालका लागि सोमपाल, वसन्त र सन्दीप लामिछानेले १–१ विकेट लिए । लिग चरणको खेलमा नेपालले युएइलाई ४ विकेटले पराजित गरेको थियो । सो जीतसँगै युएइले लिग चरणमा नेपालसँग हारेको बदलासमेत लिएको छ । १७ विकेट लिएका सन्दीप म्यान अफ द टुर्नामेन्ट बन्न सफल भएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना