February 14, 2018

प्रधानमन्त्री देउवा आज राजीनामा दिदै

 फागुन २, काठमाडौं ।


देउवा

 
 शेरबहादुर देउवा नेतृत्वको मन्त्री परिषदको आज अन्तिम बैठक बस्ने भएको छ। बैठक लगत्तै प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजिनामा पेश गर्ने भएका छन्।आजै निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनको परिणाम पेश गर्दैछ। त्यसपछि राजिनामा दिने योजनामा देउवा छन्।राजिनामा अगाडि मन्त्री परिषद बैठक बोलाउने योजनामा प्रधानमन्त्री देउवा रहेको एक मन्त्रीले बताए। ती मन्त्रीले भने, ‘त्यसपछि राजिनामा दिने योजना छ।’

निर्वाचन आयोगले अन्तिम परिणाम बुझाउनासाथ राष्ट्रपतिलाई नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने बाटो खुल्छ। त्यसैलेपनि राजिनामा गर्न देउवामाथि नैतिक दबाब छ।आजै एमाले–माओवादी केन्द्रले एकता संयोजन समितिको बैठक राखेका छन् र सम्भवत आजै पार्टी एकता सम्बन्धी विषयलाई टुङ्ग्याउँदैछन्।त्यसैले, सहज रुपमा एमाले–माओवादी केन्द्रको संयुक्त सरकार बन्ने स्थिति छ। नयाँ सरकार बन्नासाथ सरकार छाड्नु पर्ने भएकाले पनि देउवा राजिनामाको मनस्थितिमा छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा