अब त्यसलाई वाम एकता संयोजन समितिले औपचारिकता दिनेछ । मंगलबार ओली र दाहालको बैठकले बुधबार दिउँसोका लागि संयोजन समितिको बैठक बोलाउने निर्णय गरेको छ ।आजको कान्तिपुर दैनिकमा खबर छ ।
फाल्गुण ०२,काठमाडौं । एकल बहुमतीय सरकार बनेको सन्देश दिने गरी एमाले र माओवादी केन्द्र केही दिनभित्रै पार्टी एकतालाई औपचारिक रूप दिने कसरतमा जुटेका छन् ।निर्वाचन आयोगले समानुपातिक सांसदको सूची बुझाएलगत्तै सरकार बनाउने योजनामा रहेका उनीहरूले त्यसअघि नै एउटै पार्टी बनिसकेको सन्देश दिन खोजेका हुन् ।