February 13, 2018

केन्यामाथि नेपालको राेमाञ्चक जित

 


...

 
फल्गुण १, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत भर्खरै सकिएको खेलमा नेपालले केन्यालाई ३ विकेटले पराजित गरेको छ।१ सय ७८ रनको लक्ष्य पाएको नेपालले अन्तिम बलमा ७ विकेट गुमाएर लक्ष्य भेटायो। नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४७ रन जोडे। यस्तै आरिफ सेख र पारस खड्काले समान ४२ रन जोडे। 

त्यसअघि म्यान अफ द म्याच युवा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपछि केन्याले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ७७ रन जोडेको थियो।

राम्रो सुरुवात गरेको केन्यालाई सन्दीप लामिछाने बलिङमा आएसँगै रोकेका थिए। पहिलो विकेटका लागि केन्यासले ६५ रनको साझेदारी गरेको थियो। 

१७औं ओभरमा व्यक्तिगत पहिलो ओभर बलिङ गर्न आएका सन्दीपले एलेक्स ओवान्डा(४१)लाई आउट पार्दै सुरुवाती साझेदारी तोडेका थिए।

व्यक्तिगत दोस्रो ओभरमा सन्दीपले दोस्रो विकेट लिए। सन्दीपले १९औं ओभरको चौथो बलमा धिरेन गेन्डारिया(४)लाई दीपेन्द्र ऐरीको हातबाट क्याच गराएका थिए।

यस्तै ३४औं ओभरमा लगातार उनले दुई विकेट लिएका थिए। सन्दीपले ३४औं ओभरको पहिलो बलमा कप्तान राकेप पटेललाई १ रनमा आउट पारेका हुन् भने अर्को बलमा निपुन पटेललाई शुन्य रनमै एलबिडब्लुको धरापमा पारेका थिए। तेस्रो बलमा ओडिएम्बोले कुनै रन नलिएपछि उनले ह्याट्रिक भने लिन पाएनन्।

सन्दीपले टिमका लागि ४५औं तथा व्यक्तिगत अन्तिम १०औं ओभरमा पाँचौ विकेट लिएका थिए। एनएन ओडिम्बालाई ७ रनमा विकेट किपर ज्ञानेन्द्र मल्लको हातबाट उनले क्याच गराएका थिए।

१० ओभरको स्पेलमा सन्दीपले ५ ओभर मेडन राख्दै २० रनमात्रै खर्चे। यस्तै नेपालका लागि सोमपाल कामी, शरद भेषावकर र बसन्त रेग्मीले समान १–१ विकेट लिए।

केन्याका इर्फान करिमले सर्वाधिक ४२ रन जोडे। यस्तै कोलिन्स ओबायोले २७, नेल्सन ओडियाम्बोले २४ तथा पुछारका ब्याट्सम्यान सेम नाग्चोले नटआउट २३ रन जोडे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति