February 12, 2018

सन्दीपको उत्कृष्ट प्रदर्शनपछि दिल्ली डेयरडेभिल्स लगातार एकपछि अर्काे यस्तो टुविट

  माघ २९,काठमाडौं


सन्दीप लामिछाने

सन्दीप लामिछाने
 

आइसिसी विश्व क्रिकेट लिग डिभिजन अन्तर्गत यूएर्इ विरुद्धको खेलमा सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन जारी राख्दा इण्डियन प्रिमियर लिग टोली दिल्ली डेयरडेभिल्सले उनको प्रशंशा गर्दै लगातार टुविट गरेको छ।

१८औं ओभरमा व्यक्तिगत पहिलो अोभर लिएर अाएका सन्दीपले लगातार २ विकेट लिएपछि टुविट गर्दै दिल्लीले सन्दीपले अविश्वसनिय बलिङ गरेको र ह्याट्रिक गर्न चुकेको उल्लेख गरेको छ। 

सन्दीपले १८ ओभरको दोस्रो बलमा रमिज साहजादलाई ४ रन तथा तेस्रो बलमा मोहमद उस्मानलाई शून्य रनमा आउट गरेका थिए। 

यस्तै २२औं ओभरमा अर्को विकेट लिएपछि पुन: दिल्लीले ५ अोभरमा सन्दीपले तीन विकेट लिएको उल्लेख गरेको छ।  

सन्दीपलाई दिल्लीले अाइपीएलको ११अौं सिजनका लागि दुई साताअघि २० लाख भारुमा आफ्नो टिममा आवद्ध गरेको थियो। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति