February 6, 2018

सुवास खकुरेलको अर्धशतकमा पिसी फाइटरको जित 

 काठमाडौं माघ २२


सुवास खकुरेल

सुवास खकुरेल
 राजधानीमा जारी खुकुरी च्यालेन्जर्स कप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा पिसी फाइटर क्लबले आइओइ पुल्चोकलाई ६६ रनले पराजित गरेको छ।

पिसी फाइटरले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याउने क्रममा पुल्चोक १९.३ ओभरमा ९७ रनमा अलआउट भएको थियो।

उसका गौरव खड्काले ३१ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। पिसी फाइटरका प्रकाश विष्टले ५ तथा मेहबुब आलमल २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पिसी फाइटरले सुवास खकुरेलको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो।

सुवासले ४८ बलको सामना गर्दै ६६ रनको नटआउट पारी खेलेका थिए। सो क्रममा उनले ७ चौका र २ छक्का प्रहार गरे।

यस्तै फाइटरका सन्दीप सुनारले ३० तथा रबीन जोशीले १९ रन जोडे। बलिङ तर्फ पुल्चोकका चिरन्जीवी पाण्डे, मनिष ज्ञवाली र दिनेश ठगुन्नाले समान २–२ विकेट लिए।

जितसँगै पिसी फाइटर ६ अंकका साथ समूह बी को दोस्रो स्थानमा छ। पुल्चोक भने तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।