February 6, 2018

सुवास खकुरेलको अर्धशतकमा पिसी फाइटरको जित 

 काठमाडौं माघ २२


सुवास खकुरेल

सुवास खकुरेल
 राजधानीमा जारी खुकुरी च्यालेन्जर्स कप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा पिसी फाइटर क्लबले आइओइ पुल्चोकलाई ६६ रनले पराजित गरेको छ।

पिसी फाइटरले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याउने क्रममा पुल्चोक १९.३ ओभरमा ९७ रनमा अलआउट भएको थियो।

उसका गौरव खड्काले ३१ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। पिसी फाइटरका प्रकाश विष्टले ५ तथा मेहबुब आलमल २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पिसी फाइटरले सुवास खकुरेलको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो।

सुवासले ४८ बलको सामना गर्दै ६६ रनको नटआउट पारी खेलेका थिए। सो क्रममा उनले ७ चौका र २ छक्का प्रहार गरे।

यस्तै फाइटरका सन्दीप सुनारले ३० तथा रबीन जोशीले १९ रन जोडे। बलिङ तर्फ पुल्चोकका चिरन्जीवी पाण्डे, मनिष ज्ञवाली र दिनेश ठगुन्नाले समान २–२ विकेट लिए।

जितसँगै पिसी फाइटर ६ अंकका साथ समूह बी को दोस्रो स्थानमा छ। पुल्चोक भने तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति