February 5, 2018

पेनाल्टीसँगै लिभरपुलको जित टर्‍याे

 

२२ माघ, काठमाडौं । हृयारी केनको अन्तिम मिनेटको पेनाल्टी गोलसँगै टोटनहृयानले प्रिमियर लिगमा लिभरपुलसँग बराबरी खेलेको छ ।

निकै रोमाञ्चक खेलको इन्जुरी टाइमको पहिलो मिनेटमा नै गोल गर्दै मोहम्मद सलाहले लिभरपुललार्इ जित नजिक पुर्‍याएका थिए । तर, केनको पेनाल्टीसँगै खेल २-२ को बराबरीमा सकिएको छ ।लिभरपुल जितका लागि केही सेकेण्ड मात्र टाढा थियो । तर, इरिक लामेलालाई भर्जल भान डाइकले फल गरेको भन्दै रेफ्रीले पेनाल्टी दिए । त्यसअघि एक पेनाल्टी मिस गरिसकेका केनले यो पटक कुनै गल्ती गरेनन् र प्रिमियर लिगमा १०० औं गोल गर्दै लिभरपुलका समर्थकलाई निराश बनाए ।

एन्फिल्डमा सलाहले तेस्रो मिनेटमा नै गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । बाँकी तीन गोल भने दोस्रो हाफको अन्तिमतिर मात्र भएको थियो ।

खेलको ८४ औं मिनेटमा टोटनहृयामले पेनाल्टी पायो तर, हृयारी केनको प्रहार लिभरपुलका गोलरक्षकले सहजै रोके ।इन्टुरी टाइममा त्यसबेला नाटकीय रुप लियो, जब सलाहले गोल गरे । लिभरपुलका समर्थकहरु टोटनहृयामसँग ५ अंकको दुरी बनाएको खुसी मनाउन थालिसकेका थिए ।

तर, अन्तिम मिनेटमा दिइएको पेनाल्टीले लिभरपुललाई निराश बनायो । तेस्रो स्थानमा रहेको लिभरपुलको २६ खेलबाट ५१ अंक छ भने पाँचौं स्थानमा रहेको टोटनहृयामको ४९ अंक छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति