काठमाडौँ — दरबारमार्गमा भएको सामूहिक बलात्कारमा संलग्न भएको आरोप लागेका चारमध्ये विकास गौतम र दीपक श्रेष्ठ ठेक्कापट्टामा संलग्न व्यक्ति भएको खुलेको छ । स्रोतका अनुसार उनीहरू दुवैजना घटनाको दिन नै हेटौंडाबाट काठमाडौं आएका थिए ।
दरबारमार्गको ल्यान्डमार्क होटलमा बसेर घटनाको भोलिपल्टै अर्थात् ८ गते दुवैजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो भएर दिल्ली हुँदै चेन्नई पुगेका थिए ।
हेटांैडा निवासी गौतम ‘क’ वर्गका ठेकेदार हुन् । उनको मोतीदान कन्स्ट्रक्सन कान्ति लोकपथ निर्माणमा संग्लन छ । जानकारहरूका अनुसार उक्त कन्स्ट्रक्सनले करिब तीन अर्ब रुपैयाँ बराबरको सरकारी ठेक्कामा काम गरिरहेको छ । उच्च स्रोतका अनुसार गौतम एक सिमेन्ट उद्योगको चुनढुंगा खानीमा पनि संलग्न छन् । प्रहरीले शनिबार मात्रै हेटौंडाबाट सन्देश बीसी र आवेश लामालाई पक्राउ गरेको छ ।
उनीहरू दुवै गौतमका नजिकका साथी हुन् । बीसीका बाबु भने हेटौंडाकै एक क्रसर उद्योगका मालिकसमेत हुन् । गौतम र श्रेष्ठको विषयमा सूचना लिन प्रहरीले बीसी र लामालाई पक्राउ गरेर काठमाडौं ल्याएको हो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।
महिला अधिकारकर्मीले भेटे प्रहरी प्रमुख
दरबारमार्ग बलात्कार घटनामाथि गम्भीर चासो राख्दै महिला अधिकारकर्मीहरूले आइतबार प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्याललाई भेटेका छन् । महिला दबाब समूह र नयाँ शक्ति पार्टीको महिला विभागका सदस्यहरूले आईजीपी अर्यालसँग दरबारमार्ग घटनाबारे बुझ्न र गम्भीर अनुसन्धान गर्न माग राखेका हुन् ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर