February 4, 2018

प्रदेश दुई : प्रदेश सभा पहिलो बैठकमै हंगामा

 

जनकपुर माघ २१


 प्रदेश दुईको प्रदेश सभा पहिलो बैठकमा राजापा सांसदहरुले हंगामा गरेका छन्। संसद बैठकस्थलमा मधेस आन्दोलनका सहीदको तस्विर माग गर्दै उनीहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन्।बैठक सुरु हुनासाथ राजपाका मनिष सुमनले मधेश आन्दोलनका सहीदको तस्विर नभएको भन्दै विरोध जनाएका थिए। सभामुख आसन अगाडि मधेस आन्दोलनका सहीद तस्वीर राख्नुपर्ने उनले माग गरेका थिए। ‘जनआन्दोलनका सहीद राखिएको ठाउँमा मधेसका सहीदहरुको फोटो राखियोस्’, उनले भने।

राजपाकै डिम्पल झाले मधेसका सहीदको तस्विर नराखेसम्म बैठक अघि नबढ्ने बताएर सांसदहरु आ—आफ्नो स्थानबाट उठेका थिए। एमाले सांसदहरुले भने संसद अवरुद्ध गर्न नपाउने बताएका थिए।

सभामुख ललन चौधरीले अर्को बैठकमा मधेस आन्दोलनका सहीदहरुको तस्विर झुन्ड्याउन रुलिङ गरेपछि बैठक सुचारु भएको थियाे। ७७ वर्षीय चौधरीले ज्येष्ठ सदस्यको हैसयितमा बैठक सञ्चालन गरेका हुन्। अर्काे बैठक माघ २९ गतेका लागि बाेलाइएकाे छ।

प्रदेश सभामा प्राप्त सिट संख्याका आधारमा अाइतबार बाेल्ने समय उपलब्ध गराइएकाे थियो। जसअनुसार संघीय समाजवादी फोरम सांसदहरूले सबैभन्दा बढी १४ मिनेट बाेल्ने समय पाएका थिए। राजपालाई १२ मिनेट, एमालेलाई १० मिनेट, काँग्रेसलाई ९ मिनेट, माओवादीलाई ६ मिनेट र संघीय समाजवादी पार्टी तथा स्वतन्त्र विधायकलाई ४ मिनेटको दरले बोल्ने समय मिलाइएकाे थियो।

रोष्टमलाई फूलमाला, लाइभ हेरेर चित्त बुझाए सर्वसाधारणले
पहिलो बैठक सभाहललाई दुलही जसरी सिँगारिएको थियाे। सभाहलको मूल गेटमै मिथिला आर्ट राखिएको छ। प्रदेश सभाकै पहिलो बैठक भएकाले रोष्टममा फूलमालाले सजाइएको छ। सभाहलभित्र स्थान अभाव भएकाले प्रदेशसभाको ऐतिहासिक बैठक हेर्न आउने सर्वसाधारणले प्रदेश सभा भवनअगाडि प्रत्यक्ष प्रसारण हेरेर चित्त बुझाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।