February 4, 2018

‘फास्ट ट्रयाक’ यसरी हुँदैछ निर्माण (फोटो फिचर)

 

 

काठमाडौं माघ २१

 

नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माणलाई चार वर्षभित्र पूरा गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको छ।

काठमाडौँ उपत्यकालाई तराईसँग जोड्ने सबैभन्दा छोटो ७६ किमी दूरीको मुलुकको आर्थिक विकासको मेरुदण्ड मानिएको दु्रतमार्ग निर्माण आयोजनालाई नेपाली सेनाले इतिहास रच्ने ठूलो अवसरका रुपमा लिएको छ।

पाँच स्थानबाट एकैसाथ दु्रतमार्ग निर्माणको काम अघि बढाइएको प्रमुख सेनानी धर्मेन्द्रकुमार झाले जानकारी दिए। मक्खुबेंसी, कुलेखानी, लेडडाँडा, बुदुने र निजगढमा शिविर खडा गरेर रुख कटान गर्ने र हटाउने, सडकको रेखाङ्कन गर्ने र सडक निर्माण गर्ने कार्यलाई अघि बढाइएको हो। त्यस क्रमममा निजगढमा सात किमी क्षेत्रमा २७ मिटर फराकिलो द्रुत मार्गले एउटा आकार लिइसकेको छ।

दर्जनौँको संख्यामा स्काभेटर, डोजर, लोडर र टिपर प्रयोग गरी सडकको रेखाङ्कन गरिएको क्षेत्रमा माटो कटान गर्ने, हटाउने, बाहिरबाट ल्याएर पुर्ने र सम्याएर त्यसको परीक्षण गर्ने काम अघि बढाइएको प्रमुख सेनानी भरतलाल श्रेष्ठले बताए।

प्रत्येक सात किमी क्षेत्रमा शिविर खडा गरेर कामलाई अघि बढाउने योजना सेनाले बनाएको छ। केहि दिनमै थप पाँच स्थानमा शिविर खडा गर्ने सेनाको तयारी छ। राष्ट्रिय गौरवको द्रुतमार्ग आयोजना निर्माण अघि बढाउन नेपाली सेनाले सहायकरथी भरतबहादुर खड्काको नेतृत्वमा दुई सय सेना खटाएको छ।

टोलीले हालसम्म १५ हजार रुख कटान गरी त्यसको व्यवस्थापनसमेत गरिसकेको छ। झण्डै ११ किमी क्षेत्रमा रुख कटान भएको र अबको तीन महिनाभित्र रुख कटानसम्बन्धी सबै काम पूरा हुने सहायकरथी खड्काले जानकारी दिए।

दु्रतमार्गको निर्माण लागत एक खर्ब १२ अर्ब रुपैयाँ अनुमान गरिएको छ। ललितपुरको खोकनाबाट शुुरु भई बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने द्रतमार्गको ट्र्याक पनि यसअघि सेनाले नै खनेको हो। उक्त मार्गमा साना ठूला गरी करिब १०० पुल निर्माण गरिनेछ।

द्रुतमार्गमा निर्माण हुने पुलको लम्बाइ मात्र जोड्दा पनि नौ किमीभन्दा बढी हुने छ। त्यस्तै मकवानपुरको ठिङ्गनमा १.४ किमी लामो सुरुङ निर्माण गर्नुपर्ने सेनानी विनोद श्रेष्ठले बताए। उनले भने, आवश्यकताअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका परामर्शदाता र ठेकेदारको सहयोग लिएर सडक निर्माणलाई तीव्रता दिने छौं।

निर्माण छिटो गर्न २४ क्षेत्रमा सडक विभाजन गरेर विदेशी तथा स्वदेशी निर्माण व्यवसायीका लागि बोलपत्र आह्वान गर्ने क्रममा नौ वटाको प्रक्रिया अघि बढिसकेको छ। उक्त आयोजना अघि बढाउने सन्दर्भमा सुरुङ निर्माण र अग्ला सात ठाउँमा पुल निर्माणलाई भने सेनाले चुनौतीका रुपमा लिएको छ। ती पुल ८० मिटरसम्म अग्लो हुने अनुमान गरिएको छ। सडक निर्माणका लागि मात्रै पनि ३०० टन विस्फोटक पदार्थ आवश्यक पर्ने देखिएको छ।

दायाँबायाँ ५० मिटर जग्गा अधिग्रहण गरिएको २७ मिटर चौडाइ हुने दु्रतमार्ग चार लेनको हुनेछ। दु्रत मार्गको निर्माणले नेपालको बृहत्तर विकासमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ। निजगढमा बन्ने अन्तरर्राष्ट्रिय विमानस्थले दु्रतमार्गको महत्वलाई अझ उजागर गर्ने जानकारहरुले बताएका छन्।

फोटो हेर्नस्:

प्रस्तुती:रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता