
काठमाडौं १४ माघ–नेकपा एमाले र माओवादी केन्द्रबीच प्रदेश सरकारको मुख्यमन्त्री र प्रदेश सभाको सभामुखमा पद बाँडफाँटमा सहमति भएको छ । सहमति अनुसार एमालेले ४ र माओवादीले दुईवटा मुख्यमन्त्री पाउने छ ।
एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा आइतवार बसेको कार्यदलको बैठकमा सहमति जुटाएको हो । सहमति अनुसार प्रदेश नंम्बर १, ३, ४ र ५ मा एमाले तथा प्रदेश नंम्बर ६ र ७ मा माओवादी केन्द्रले मुख्यमन्त्री पाउने निर्णय भएको एमाले नेता एवं कार्यदल सदस्य सुवास नेम्वाङले जानकारी दिए ।
२ नम्बर प्रदेशमा भने मधेस केन्द्रीत दलहरुले सरकार बनाउने तरखर गरेका छन् ।
दुई दलबीच प्रदेशको सभामुखमा पनि ४ वटा एमाले र दुईवटा माओवादीले पाउने सहमति भएको छ । प्रदेश नम्बर १, ३, ६ र ७ मा एमालेले सभामुख पाउने भएको छ भने प्रदेश नम्बर ४ र ५ मा माओवादी केन्द्रले सभामुख पाउने सहमति कार्यदलमा भएको छ । यसअघि माओवादीले चारवटा प्रदेशमा सभामुख दावी गरेको थियो ।
एमालेले सभामुख पाएको ठाउमा माओवादीले उपसभामुख र माओवादीले सभामुख पाएको प्रदेशमा एमालेको उपसभामुख बन्ने छन् ।
कार्यदलको बैठक अघि आजै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच गोप्य भेटवार्ता भएको थियो ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा