January 28, 2018

एमाले र माओवादीबीच मुख्यमन्त्री र सभामुखमा पद बाँडफाँटमा सहमति

काठमाडौं १४ माघ–नेकपा एमाले र माओवादी केन्द्रबीच प्रदेश सरकारको मुख्यमन्त्री र प्रदेश सभाको सभामुखमा पद बाँडफाँटमा सहमति भएको छ । सहमति अनुसार एमालेले ४ र माओवादीले दुईवटा मुख्यमन्त्री पाउने छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा आइतवार बसेको कार्यदलको बैठकमा सहमति जुटाएको हो । सहमति अनुसार प्रदेश नंम्बर १, ३, ४ र ५ मा एमाले तथा प्रदेश नंम्बर ६ र ७ मा माओवादी केन्द्रले मुख्यमन्त्री पाउने निर्णय भएको एमाले नेता एवं कार्यदल सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

२ नम्बर प्रदेशमा भने मधेस केन्द्रीत दलहरुले सरकार बनाउने तरखर गरेका छन् ।

दुई दलबीच प्रदेशको सभामुखमा पनि ४ वटा एमाले र दुईवटा माओवादीले पाउने सहमति भएको छ । प्रदेश नम्बर १, ३, ६ र ७ मा एमालेले सभामुख पाउने भएको छ भने प्रदेश नम्बर ४ र ५ मा माओवादी केन्द्रले सभामुख पाउने सहमति कार्यदलमा भएको छ । यसअघि माओवादीले चारवटा प्रदेशमा सभामुख दावी गरेको थियो ।

एमालेले सभामुख पाएको ठाउमा माओवादीले उपसभामुख र माओवादीले सभामुख पाएको प्रदेशमा एमालेको उपसभामुख बन्ने छन् ।

कार्यदलको बैठक अघि आजै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच गोप्य भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।