January 28, 2018

ध्यान–एक मात्र मार्ग जसबाट आनन्दको डुबुल्की मार्न सकिन्छ

१४ माघ २०७४, काठमाडौं ।

स्वामी वासु समर्पण – ओशोले बारम्बार चर्चा गरेको एउटा सन्देश छ –‘अरी, मै तो नाम के रंग छकी । मनुष्य एउटा शीतको थोपा हो जसको भित्र निर्वाण (परम–मुक्ति) लुकेको हुन्छ । तर शीतको थोपा जबसम्म समुन्द्रसँग बिलिन हुँदैन, तबसम्म त्यो निर्वाण प्रकट हुन सक्दैन । मनुष्यमा फूल फुलेमा उसमा परमात्माको सुगन्ध उठ्दछ । त्यसैले जबसम्म तिमी स्वयं परमात्मा बन्दैनौ तबसम्म सान्त्वनाको कुनै उपाय छैन । जतिसुकै आफूलाई भुलाउ, याद आएकै हुन्छ । सबै व्यवस्थाहरुलाई तोडेर याद आई नै रहेको हुन्छ कि तिमी व्यर्थ छौ, तिमीले गरेका सबै चीज व्यर्थ नै हुन् । यो कामधन्दा, यो बजार व्यवसाय, यो दुकानदारी ठीकै छ तर अझै असल काम तिमीले गरेका छैनौ – यो अन्तर–आवाज उठिनै रहनेछ । यो घाउले भित्र याद गराई नै रहनेछ ।

ओशोकै प्रसंग हो । उनले परमात्माको वृहद् चर्चा गरेका छन् । परमात्मा त सबै चीजमा व्याप्त छ, त्यसैले कहिंबाट पनि उसको याद आउन सक्छ ।  कुनै पनि दिशाबाट खोजिरहेको छ; हेरिरहेको छ, आवाज दिइरहेको छ । कहिंबाट पनि तार जोडिनासाथ, थोरै भएपनि सन्धी मिल्नासाथ उसको सङ्गित तिम्रो हृदयमा अङ्कित हुन थाल्दछ । उसको शीतल हावा, सूक्ष्म सन्देश तिमीभित्र प्रवेश गर्दछ । वृक्षको हरियाली देख्दा, उदयमान हुन लागेको सूर्यलाई देख्दा, पंक्षीहरुको सुमधुर आवाज सुन्दा, कोहेलीको कुहु…कुहु… गीत सुन्दा…………यदि तिमी ध्यानले मौन भएर सुन्छौ त प्रत्येक आवाजमा उसैको आवाज सुन्यौ भने, यसको कारण यो होइन कि मेरो आवाज मात्रै उसको आवाज हो । यसको मुख्य कारण यही हो कि तिमीले मेरो आवाजलाई ध्यानपूर्वक सुन्यौ । सबै आवाज उसैको हो । जहाँ पनि तिमी शान्त भएर, मौन भएर, खुल्ला हृदयले सुन्न राजि हुन्छौ, त्यहींबाट नै उसको याद आउन थाल्छ ।
ध्यान–एक मात्र मार्ग
यो जीवनमा जे पनि घट्छ, त्यसको कारण तिमी आफंै हो । तिमीबाहेक अरु कोही कारण हुन सक्दैन; तिमी नै हौ आफ्नो नियतिको मालिक । तिम्रो भाग्य निर्मित गर्ने कोही दोस्रो विधाता छैन, तिमी स्वयं आफ्नो भाग्य कोरिहेका छौ । आजको जीवन जुन तिमी प्राप्त गरिराखेका छौ त्यो तिम्रो हिजोको कर्मफल हो र भोलि तिमी जुन जीवन जिउने छौ त्यो आजको कर्ममा निर्धारित हुनेछ । तसर्थ होशपूर्ण जीवन जिउछौ भने त्यो नै स्वर्ग हुनेछ र मुच्र्छित जीवन व्यथित गर्छौ भने नर्कमा आफूलाई पाउछौ । त्यसैले हरेक क्षण, हरेक पल होशमा, आनन्दमा, शान्तिमा जिउने प्रयास गर किनभने आज तिमीले जे जीवन जिइराखेका छौ, त्यो नै भोलि दुईगुना भएर आउछ । नीमको बीउ रोपेर आँपको फल खाने आशा नगर, आज दुःखी भएर भोलिको सुख नखोज । भोलिको सुखको कल्पना गर्छौ भने आजबाट नै सुखी हुन थाल ।
सुखी हुनलाई के चाहिन्छ ? श्वास चलिरहेको छ, आँखाले सौन्दर्य देखिरहेकै छ, पंक्षीले गीत गाइरहेकै छ, हृदयले प्रेम गरिरहेकै छ, समस्त अस्तित्वले तिमीलाई स्वीकार गरिरहेकै छ, अझै तिमीलाई जीवन दिइरहेकै छ । यसै अमूल्य भेटमा आफूलाई आनन्दित देख १ अहोभाव र कृतज्ञ बन् । तिमीले प्राप्त गरेको यो जीवनको लागि के मूल्य ति¥यौ ? तिम्रो के पात्रता थियो, यस्तो दुर्लभ जीवन भेटाउनुमा ? आफूलाई भाग्यशाली देख, आफूलाई चिन्ने प्रयास गर । आपूmसँग परिचित हुनु ध्यान हो । आत्मापरिचयको प्रक्रिया हो ध्यान । जीवनलाई नयाँ गति प्रदान गरी लक्ष्यमा पु¥याउने कला हो ध्यान । हाम्रो मिलन स्रोतसँग मिलन गराउने एक माध्यम हो ध्यान ।
जीवन एक नाटक मात्र
जीवन एक अभिनय मात्र हो, नाटक हो र जीवन तबसम्म नाटक लाग्दैन, जबसम्म तिमी जाग्दैनौ । तिमी यसरी सुतेका छौ कि नाटकलाई नै जीवन सम्झेका छौ, त तिमी कसरी जीवनलाई नाटक सम्झिन्छौ ?
सायद सिनेमा गृहमा तिमीले सिनेमा हेरेका छौ होला……..पूर्णरुपमा तिमी जान्दछौ कि पर्दामा केही पनि छैन; धूप–छायाँको खेल मात्र हो । तर आँखामा आँसु आउँछ । कुनै दुःखान्त दृश्य आएमा तिमी दुःखी हुन्छौ, तिमी त्यो दृश्यप्रति लयबद्ध हुन्छौ । तिमी जान्दछौ कि यो कल्पना हो, खेल हो तर पनि भुल्दछौ । नाटकलाई जीवन सम्झियौ ।
जीवन त यति ठूलो नाटक हो — सत्तरी वर्ष– असी वर्ष सतत् चल्दछ । सा¥हा पृथ्वी उसको मञ्च हो, सारा जगत अभिनय गरिरहेको छ । दर्शक पनि अभिनेता हो र अभिनेता पनि दर्शक हो । मञ्च नै मञ्च हो ।
यस्तो सम्झिए कि कोही विणावादक तारहरु कसिरहेको छ । सायद तारलाई होश भए यस्तो लाग्छ कि सा¥है दुःख दिइरहेको छ, पीडा भइरहेको छ । तर विणावादकले तारहरुलाई दुःख दिएको होइन, त्यसको मित्रबाट परम सङ्गीत पैदा होस् भनी आयोजन गरेको हो । तर तिमी अधैर्य छौ, तार कसिएको मात्र देख्छौ, परम सङ्गीत र धुनलाई अनुभूति गर्न सक्दैनौ । दुःख त केवल छायाँ मात्र थियो, वास्तवमा सुख नै सत्य हो ।
जस्तो दुःख तिमी देखिराखेका छौ, त्यस्तो दुःख वास्तवमा छैन् । परमात्माले तिमीलाई तयार गराई रहेका छन् । जीवन सुखको अनन्त यात्रा हो, तर यात्रामा केही मूल्य अवश्य तिर्नुपर्छ । सुनलाई शुद्ध हुनको लागि केही क्षण आगोमा जल्नै पर्छ, केही क्षणको पीडा सहनै पर्छ । कुनै बीउ वृक्ष हुनको लागि आपूmलाई फुट्नु आवश्यक पर्दछ, नदीलाई सागर हुनको लागि आपूm मिट्नु पर्छ, केही क्षण प्रतिक्षा गर्नुपर्दछ ।
असन्तोष अभिशाप हो,सन्तोष वरदान
मनुष्यको सारा दुःख, सारा पीडा, सारा संतापको एउटै मूल आधार छ । र त्यो मूल आधार हो कि मनुष्य जो छ, त्यसमा राजी छैन, उ केही हुन चाहन्छ । यही केही हुन चाहनुको वासना नै मनुष्यको सारा दुःखको मूल आधार हो ।

जे हामीसँग छ, हामी त्यसप्रति सन्तुष्ट छैनौ र जे हामीसँग छैन, त्यो हुनको लागि हामीमा विक्षिप्त कामना छ । यस्तो जुन चित्त छ त्यो कहिल्यै पनि आनन्दको उपलब्धि हुन सक्दैन । यस्तो महत्वकांक्षाको चित्तमा आनन्दको सम्भावना नै हुँदैन । ऊ जहाँ भएपनि नर्क नै निर्मित गर्दछ ।
अरबमा एउटा पुरानो भनाइ छ – कि पापी नरकमा प्रवेश गर्दैन र पुण्यात्मा स्वर्ग जादैन; पापी आफ्नो नरक आफैसँग लिएर चल्छ र पुण्यात्मा आफ्नो स्वर्ग आफैसँग लिएर चल्दछ ।

लाओत्से स्वीकृतका पोषक हुन्, तथाताका उपदेशक । कुनै पनि स्थिति होस्, स्वीकार गर्नासाथ उसको गुण बदलिन्छ । अब ध्यान राख १ यो बेशर्त कुरा हो; जस्तोसुकै स्थिति किन नहोस्, त्यसलाई स्वीकार गर्नासाथ त्यसको स्वभाव बदलिन्छ । जतिसुकै गहिरो दुःख होस्, बिमारी होस्, पीडा होस्, मृत्यु आइरहोस्, यदि तिमी स्वीकार गर्न सक्छौ भने, तत्क्षण गुणधर्म बदल्न थाल्दछ । मृत्यु पनि मित्र बन्दछ । मृत्यु पनि अनन्तको प्रवेशको लागि द्वार बन्दछ । मृत्युमा पनि त्यो देखिदैन जुन छुटिरहेको छ, बल्की त्यो देखिन्छ जुन उपलब्ध भइरहेको छ । तर यदि अस्वीकार छ भने मृत्यु त दुःख हुन्छ नै, साथै जीवन पनि दुःख नै हुन्छ ।
लाओत्से भन्दछन्– जो व्यक्ति पनि जहाँ छ, त्यस अवस्थालाई त्यसको परिपूर्णतामा स्वीकार गर्दछ भने, उसको जीवनमा दुःखको कुनै उपाय नै छैन ।

लाओत्सेको दृष्टिमा यो जगत एउटा घर हो र यसलाई आफ्नो घर बनाउनु पर्दछ । घर त छँदै छ, हाम्रो दृष्टिमा भर पर्दछ । हामी चाहेमा यसलाई युद्धको स्थलमा पनि बनाउन सक्छौ । तथाता, स्वीकार–भाव, टोटल एक्सेप्टिबिलिटी लाओत्सेको आधार सूत्र हो । म जस्तोसुकै, म जहाँ जुन अवस्थामा हुँ, त्यो क्षणमा त्यो भन्दा अन्यथा कुनै माग नहोस् ।

प्रेमको खेती गर्न सकिदैन । र ‘प्रेम’ अभ्यास गरेर पारङ्गत भइने विषय पनि होइन । विश्वका बौद्धिक व्याख्यान दिएर। भावनात्मकताको भ्रान्ति दिलाउने विभिन्न क्रियाकलापहरुमा आबद्ध भइआएको हामीले देखिआएका छौँ । र हामीले उनीहरुको समीप गएर हेरेको खण्डमा पाउनेछौँ – उनीहरुको हृदयमा वास्तवमै प्रेम छैन । आफ्नो यथामनस्थितिबाट पलायन गर्नको निम्ति उनीहरु प्रेमको अभिनय गरिरहेका हुन्छन् ।

तपाईको हृदयबाट यदि प्रेम प्रवाहित भइरहेको छ भने एक वा अनेकको प्रश्नै उठ्दैन । त्यो समानुपातिक रुपमा सर्वत्र प्रवाहित हुन्छ । सुवासको आनन्द कसले उठाइरहेको छ – फूललाई सरोकार हुँदैन । अथवा कसले उसलाई ढाड फर्काएर गइरहेको छ, त्यो पनि उसलाई सरोकार हुँदैन । सच्चा प्रेमले कुनै पनि किसिमको हिसाब–किताब राख्दैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई

पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी व्यवस्था गरिने

 चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल

पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो

काठमाडौँ, चैत १५ ।तीन पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba, K. P. Sharma Oli र Pushpa Kamal

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय बनाउने सरकारको निर्णय, नागरिकता र राहदानी सेवा जुनसुकै जिल्लाबाट पाइने

 चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन