किन हुन्छ दुर्लभ वन्यजन्तुको चोरी–सिकारी ?
नेपालमा संरक्षित दुर्लभ वन्यजन्तुको चोरी–सिकारी प्रत्येक वर्ष बढ्न थालेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी को तथ्यांकअनुसार वन्यजन्तुको चोरी–सिकारीमा संलग्न तस्कर पनि बढेका छन् ।
सिआइबीले साढे सात वर्षयता दुर्लभ वन्यजन्तुको अखेटोपहारसँग सम्बन्धित २५२ वटा कारबाही गरेको छ । त्यस्तै, चोरी–सिकारीमा संलग्न ५७४ जनालाई पक्राउ गरेको छ ।
सिआइबीका डिएसपी अनुपम राणाले उत्तरी सीमा–नाका क्षेत्रमा दुर्लभ वन्यजन्तुको चोरी–सिकारी बढेको बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
यसकारण हुन्छ तस्करी
प्रहरीका अनुसार दुर्लभ वन्यजन्तुका अखेटोपहार धेरैजसो भारतबाट नेपालमा भित्रिने गरेका छन् । नेपालका जंगलमा पनि दुर्लभ वन्यजन्तु मारिने गरेका छन् । तिनका अखेटोपहार तिब्बततर्फ तस्करी हुने गरेको छ । तिब्बतीहरूले दुर्लभ वन्यजन्तुको छालाबाट बैठक कोठा सजाउने, ज्याकेट बनाउने, हाडबाट गहना तथा औषधि बनाउने गर्छन् । सिआइबीका डिएसपी राणा पारिवारिक ‘स्टाटस’ देखाउने सन्दर्भमा दुर्लभ वन्यजन्तुका छाला तथा अखेटोपहार प्रयोग हुने गरेको बताउँछन् । ‘वन्यजन्तुको हाडबाट औषधि पनि बनाउने गरेको भेटिएको छ । यस्ता अखेटोपहार प्रयोग गर्नेहरू नेपालमा कमै छन्,’ उनले भने ।
कहिले कति पक्राउ ?
०६७–६८ पक्राउ ४०, अप्रेसन १०
०६८–६९ पक्राउ ५९, अप्रेसन २२
०६९–७० पक्राउ ६०, अप्रेसन ३२
०७०–७१ पक्राउ ६३, अप्रेसन २७
०७१–७२ पक्राउ ८५, अप्रेसन ३७
०७२–७३ पक्राउ १०९, अप्रेसन ४७
०७३–७४ पक्राउ ११६, अप्रेसन ५४
०७४ को ६ महिनामा पक्राउ ४२, अप्रेसन २३
जम्मा पक्राउ ५५४, जम्मा अप्रेसन २५२
चिम्पान्जीदेखि हुचिलसम्म तस्करी
तस्करले नेपाललाई हुचिलदेखि चिम्पान्जीसम्म तस्करीको ‘ट्रान्जिट’ बनाएको प्रहरीको भनाइ छ । प्रहरीले भारत लैजान अफ्रिकाबाट ल्याएको दुईवटा चिम्पान्जी बरामद गरेको छ । त्यस्तै, नेपालबाट अर्को मुलुक तस्कर गर्न लागिएको अवस्थामा ६ वटा हुचिल बरामद गरेको छ । त्यसबाहेक परेवा, बाँदर, सुगा, कालिज, बट्टाई, धानचरा, खरायो, नाङ्ले चरा, सर्प, गोहोरो, लब बर्ड, कछुवालगायतका दुर्लभ वन्यजन्तु पनि तस्करी हुने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।
भरिया मात्रै पक्राउ
प्रहरीको कारबाहीमा पक्राउ पर्नेमा अधिकांश भरिया छन् । तस्करका मुख्य नाइकेलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । ‘अहिलेसम्मको अप्रेसनमा बीचका मान्छे पक्राउ परेका छन् । मुख्य नाइकेसम्म अझै पुग्न सकिएको छैन,’ सिआइबीका डिएसपी अनुपम राणाले भने ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर