यसकारण हुन्छ दुर्लभ वन्यजन्तुको चोरी–सिकारी

किन हुन्छ दुर्लभ वन्यजन्तुको चोरी–सिकारी ? 

नेपालमा संरक्षित दुर्लभ वन्यजन्तुको चोरी–सिकारी प्रत्येक वर्ष बढ्न थालेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी को तथ्यांकअनुसार वन्यजन्तुको चोरी–सिकारीमा संलग्न तस्कर पनि बढेका छन् ।banaya-jantu-768x366_62Yb2FOyoiसिआइबीले साढे सात वर्षयता दुर्लभ वन्यजन्तुको अखेटोपहारसँग सम्बन्धित २५२ वटा कारबाही गरेको छ । त्यस्तै, चोरी–सिकारीमा संलग्न ५७४ जनालाई पक्राउ गरेको छ ।

सिआइबीका डिएसपी अनुपम राणाले उत्तरी सीमा–नाका क्षेत्रमा दुर्लभ वन्यजन्तुको चोरी–सिकारी बढेको बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 

यसकारण हुन्छ तस्करी
प्रहरीका अनुसार दुर्लभ वन्यजन्तुका अखेटोपहार धेरैजसो भारतबाट नेपालमा भित्रिने गरेका छन् । नेपालका जंगलमा पनि दुर्लभ वन्यजन्तु मारिने गरेका छन् । तिनका अखेटोपहार तिब्बततर्फ तस्करी हुने गरेको छ । तिब्बतीहरूले दुर्लभ वन्यजन्तुको छालाबाट बैठक कोठा सजाउने, ज्याकेट बनाउने, हाडबाट गहना तथा औषधि बनाउने गर्छन् । सिआइबीका डिएसपी राणा पारिवारिक ‘स्टाटस’ देखाउने सन्दर्भमा दुर्लभ वन्यजन्तुका छाला तथा अखेटोपहार प्रयोग हुने गरेको बताउँछन् । ‘वन्यजन्तुको हाडबाट औषधि पनि बनाउने गरेको भेटिएको छ । यस्ता अखेटोपहार प्रयोग गर्नेहरू नेपालमा कमै छन्,’ उनले भने ।

कहिले कति पक्राउ ?
०६७–६८ पक्राउ ४०, अप्रेसन १०
०६८–६९ पक्राउ ५९, अप्रेसन २२
०६९–७० पक्राउ ६०, अप्रेसन ३२
०७०–७१ पक्राउ ६३, अप्रेसन २७
०७१–७२ पक्राउ ८५, अप्रेसन ३७
०७२–७३ पक्राउ १०९, अप्रेसन ४७
०७३–७४ पक्राउ ११६, अप्रेसन ५४
०७४ को ६ महिनामा पक्राउ ४२, अप्रेसन २३
जम्मा पक्राउ ५५४, जम्मा अप्रेसन २५२

चिम्पान्जीदेखि हुचिलसम्म तस्करी
तस्करले नेपाललाई हुचिलदेखि चिम्पान्जीसम्म तस्करीको ‘ट्रान्जिट’ बनाएको प्रहरीको भनाइ छ । प्रहरीले भारत लैजान अफ्रिकाबाट ल्याएको दुईवटा चिम्पान्जी बरामद गरेको छ । त्यस्तै, नेपालबाट अर्को मुलुक तस्कर गर्न लागिएको अवस्थामा ६ वटा हुचिल बरामद गरेको छ । त्यसबाहेक परेवा, बाँदर, सुगा, कालिज, बट्टाई, धानचरा, खरायो, नाङ्ले चरा, सर्प, गोहोरो, लब बर्ड, कछुवालगायतका दुर्लभ वन्यजन्तु पनि तस्करी हुने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

भरिया मात्रै पक्राउ
प्रहरीको कारबाहीमा पक्राउ पर्नेमा अधिकांश भरिया छन् । तस्करका मुख्य नाइकेलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । ‘अहिलेसम्मको अप्रेसनमा बीचका मान्छे पक्राउ परेका छन् । मुख्य नाइकेसम्म अझै पुग्न सकिएको छैन,’ सिआइबीका डिएसपी अनुपम राणाले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संस्था दर्ता र नियमनका लागि एकीकृत कानुनको प्रस्ताव

काठमाडौँ, भदौ ५ गते।सरकारले संस्था दर्ता, नियमन र व्यवस्थापनका लागि छाता कानुनको रूपमा एकीकृत विधेयकको

सैद्धान्तिक विचलनको सन्त्रास

 १ भदौ २०८२, आइतबार केही दिनअघि सरकारले नागढुङ्गामा निर्मित सुरुङ मार्गबाट आवागमन गर्ने सवारीसाधनले तिर्नुपर्ने

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।

पोखरा महानगरको ‘भ्रष्टाचार’ : सवा अर्बको लगानी, बालुवामा पानी !

काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित

प्रधानमन्त्रीबाट सिद्धबाबा सुरुङमार्गको भर्चुअलरूपमा ब्रेक थ्रु

प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी