January 25, 2018

मेजर पुर्पक्षका लागि जेल चलान

माघ ११, 

 
काठमाडौं– नेपाली सेनाका सेनानी (मेजर) प्रभव विक्रम शाहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । 

बालिकालाई यौन दुराचार गरेको आरोपमा पक्राउ परेका शाहलाई जिल्ला अदालत काठमाडौंको आदेशले पुर्पक्षका लागि केन्द्रिय कारागार जगन्नाथदेवल पठाइएको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवि पौडेलले जानकारी दिए ।

बुद्धनगर स्थित आफन्तको घरमा १४ बर्षिय बालिकासँग अप्राकृतिक यौन गतिविधि गरेको आरोमा महानगरीय प्रहरी वृत बानेश्वरले नियन्त्रणमा लिएर उनलाई मुद्दा चलाएको थियो ।जबर्जस्ती करणी मुद्धाको थुनछेक बहसपछि बिहीबार जिल्ला अदालत काठमाडौंले शाहलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।गएको पुस १४ गते आफन्तको घरमा गएका बेला बालिकालाई शौचालयमा आफ्नो यौन अंग चलाउन लगाएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

नम्बर २३ बाहिनी बाग्लुङमा कार्यरत शाहलाई नेपाली सेनाले सैनिक हिरासमा राखेर समेत अनुसन्धान गरेको थियो । सैनिक हिरासमा केही दिनको अनुसन्धान पछि नेपाली सेनाले उनलाई पुनः बानेश्वर प्रहरी समक्ष बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा