January 25, 2018

मेजर पुर्पक्षका लागि जेल चलान

माघ ११, 

 
काठमाडौं– नेपाली सेनाका सेनानी (मेजर) प्रभव विक्रम शाहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । 

बालिकालाई यौन दुराचार गरेको आरोपमा पक्राउ परेका शाहलाई जिल्ला अदालत काठमाडौंको आदेशले पुर्पक्षका लागि केन्द्रिय कारागार जगन्नाथदेवल पठाइएको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवि पौडेलले जानकारी दिए ।

बुद्धनगर स्थित आफन्तको घरमा १४ बर्षिय बालिकासँग अप्राकृतिक यौन गतिविधि गरेको आरोमा महानगरीय प्रहरी वृत बानेश्वरले नियन्त्रणमा लिएर उनलाई मुद्दा चलाएको थियो ।जबर्जस्ती करणी मुद्धाको थुनछेक बहसपछि बिहीबार जिल्ला अदालत काठमाडौंले शाहलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।गएको पुस १४ गते आफन्तको घरमा गएका बेला बालिकालाई शौचालयमा आफ्नो यौन अंग चलाउन लगाएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

नम्बर २३ बाहिनी बाग्लुङमा कार्यरत शाहलाई नेपाली सेनाले सैनिक हिरासमा राखेर समेत अनुसन्धान गरेको थियो । सैनिक हिरासमा केही दिनको अनुसन्धान पछि नेपाली सेनाले उनलाई पुनः बानेश्वर प्रहरी समक्ष बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र