१० माघ ,काठमाडौं– नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न मुख्य योजनाकारसहित ९ जनालाई पुर्पक्षका लागी जेल चलान गरिएको छ ।
हत्यामा संलग्न मुख्य योजनाकार एवं गुण्डा नाईके समिरमान सिंह बस्नेत सहित ९ जनालाई नौ दिन लामो थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो ।
जिल्ला न्यायाधीश बावुकाजी बानियाँको एकल ईजलाशको फैसलाले बस्नेत सहित राजिव स्याङतान, शिवजी महतो, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी, बसन्त थेवे र धनराज योङहाङलाई पुर्पक्षका लागी थुनामा पठाइएको जिल्ला अदालत काठमाडौंका प्रवक्ता कृष्ण नेपालले जानकारी दिएका छन् ।
गौचन हत्यामा संलग्न अन्य दुईजना भने धरौटीमा छुटेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले हत्यामा संलग्न रहेका फरार अभियुक्त श्याम गुम्बेलाई सोमबार राती चितवनबाट नियन्त्रणमा लिएको थियो ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा