January 19, 2018

टीयु क्रिकेट मैदान स्तरोन्नतिका लागि २ करोड

युवा तथा खेलकुद मन्त्री राजन केसीले टीयु क्रिकेट मैदान पुनर्निर्माणको लागि यसै वर्ष २ करोड बजेट विनियोजन भएको बताएका छन् । नेपालमा पहिलो पटक आयोजना भएको क्रिकेट कार्निभलको उद्घाटनमा बोल्दै मन्त्री केसीले टीयु मैदानलाई स्तरोन्नति गर्न लागिएको बताए ।918317911IMG_7569

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा माघ ५ गते शुक्रबार मन्त्री केसीले देशैभरी खेलकुदका भौतिक संरचनालाई निर्माण तथा पुननिर्माण गर्न थालिएको बताए । प्रथम क्रिकेट महत्सवमा बोल्दै मन्त्री केसीले भने “नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएको छ । नेपाली खेलाडीले राम्रो गरेका छन् । १३औं साग नेपालले गर्ने अवसर पाएको छ । त्यसैलाई मध्यनजर गर्दै भौतिक संरचनाहरू निर्माण भइरहेको छ ।”

मन्त्री केसीले थपे “यो वर्ष नै टियु मैदानको लागि २ करोड, यही टियुमा बन्न लागेको कभर्डहललाई १ अरब र मुलपानी क्रिकेट मैदानका लागि बजेट विनियोजनभई काम अघि बढेको छ ।”

कार्यक्रममा माओवादीका नेता तथा सांसद, जनार्दन शर्माले खेल क्षेत्रलाई महत्वका साथ अगाडी बढाउन आजको आवश्यकता भएको बताए । उनले भने “खेलाडी राष्ट्रका सिपाही हुन् । अनुशासन खेलाडीबाट राजनीतिकर्मीले सिक्नु पर्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा