January 16, 2018

उत्तर कोरिया विरुद्धको भेलामा चीनले बहिष्कार गर्ने

 

 माघ २, काठमाडौं ।

काठमाडौं । उत्तर कोरियाको आणविक हतियार निर्माण मुद्दा सम्बन्धी समस्याको समाधान गर्न प्रमुख २० राष्ट्रका विदेश मन्त्रीहरुको बैठक आज बस्दैछ । 

उत्तर कोरियाको आणविक परीक्षणलाई रोक्न कूटनीतिक र आर्थिक दबाबसम्बन्धी थप छलफल गर्न बोलाइएको बैठकमा चीनले भने सहभागीता नजनाउने बताएको छ ।

लामो समयदेखिको उत्तर कोरियाको व्यवसायिक मित्र राष्ट्र भएकाले सबै राष्ट्रहरु चीनप्रति निकै आशावादी भएको रोएटर्सले बताएको छ । तर चीनको तर्फबाट भने कोही पनि सहभागी नहुने भनिएपछि वार्ता विना निष्कर्ष टुङ्गिनेमा अन्य राष्ट्रहरुले चिन्ता व्यक्त गरिरहेको बताइएको छ ।

क्यानडा र अमेरिकाको नेतृत्वमा भ्यानकोभरमा बस्ने भनिएको उक्त बैठकमा उत्तर कोरियाको मिसाइल परीक्षण रोक्न आगामी दिनहरुमा केकस्ता कदम उठाउने भन्नेबारे छलफल गर्न लागिएको हो । अहिलेका लागि भने उत्तर कोरियाले दक्षिणमा हुने ओलम्पिक्स खेलमा सहभागीता जनाउने भएपछि केही समय कोरियाली प्रायद्विप शान्त रहने सम्भावना देखिएको छ । तरपनि उत्तर कोरियाको कुनैपनि क्रियाकलापलाई नजरअन्दाज गर्न नमिल्ने अमेरिकाको भनाइ छ । 

अहिलेसम्म उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धले सकारात्मक असर देखाइरहेको र उनीहरुमा यसको गम्भीर प्रभाव परिरहेको राष्ट्र विभागका निर्देशक ब्रायन हुकले बताएका छन् ।

तरपनि चीनको अनुपस्थितिले बैठकमा थुप्रै चुनौतिहरु थपिदिने बताइएको छ । उत्तर कोरियामा चीनको अत्यन्तै बढी प्रभाव रहेकाले पनि बैठकलाई सफल पार्न चीनको प्रमुख भूमिका रहने आशा गरिएको थियो । उता उत्तर कोरियाको अर्को मित्र राष्ट्र रुसले पनि यस बैठकमा सहभागीता नजनाउने भएपछि वार्ता सफल हुने सम्भावना धेरै कम हुने बताइएको छ । त्यसकारण विशेषगरी चीनको सहयोग बिना उत्तर कोरियासम्बन्धी मुद्दा कहिल्यै समाधान हुन नसक्ने भन्दै अन्य मुलुकहरुले चिन्ता व्यक्त गरेका छन् ।

यता अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासप्रति पनि चीन र रुसले राम्रो प्रतिक्रिया दिइरहेका छैनन् । यसैकारणले राष्ट्रपति ट्रम्पले हालका केही अन्र्तवार्ताहरुमा उत्तर कोरियाप्रति केही नरम भएको संकेत गरिरहेको हुन सक्ने अन्तराष्ट्रिय संचार माध्यमले बताएका छन् ।

अमेरिकाका रेक्स टिलरसन समेत उपस्थित हुने यस बैठकमा उत्तर कोरियाले प्रतिबन्धको उल्लंघन गर्दै जहाज मार्फत चीनबाट इन्धन आयात गरेको सम्बन्धी पनि गम्भीर छलफल गरिने बताइएको छ जसलाई पनि चीन उपस्थित नहुनुको कारण हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत