सम्बन्धन र कलेजमा सिट निर्धारणका लागि हुने चलखेलका कारण अस्थिर बनेको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डिन नियुक्तिमा सर्वोच्च अदालतको फैसलाको आडमा फेरि नयाँ नियुक्तिका लागि चलखेल सुरु भएको छ ।
चार बर्षदेखि बर्खास्तीमा परेर चार दिन कार्यकाल बाँकी रहेका पूर्व डिन डा. शशी शर्माको पदावधीसमेत सकिन एक दिन बाँकी रहँदा त्रिभुवन विश्वविद्यालयका पदाधिकारी फेरी आफूअनुकुलको डिन ल्याउने चलखेलमा देखिएका छन् ।आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।
डा. शर्माको कार्यकाल बिहीबार सकिँदैछ । यसबीचमा अदालतले शर्माको पूनर्बहालीसँगै अर्का डिन डा. जगदीश अग्रवालको नियुक्ति समेत कानुनसम्मत ठहर गरे पनि त्रिवि पदाधिकारीले पूरानोको पूनर्बहालीसँगै अग्रवालको प्रतिस्थापन भएको अर्थ लगाएका छन् ।
त्रिवि उपकुलपति डा. तीर्थ खनियाँले एकै पटक दुई डिन हुन नसक्ने भन्दै सार्वजनिक रुपमै डा. अग्रवालको ठाउँमा नयाँ डिन नियुक्ति गर्ने बताइसकेका छन् ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित