राजीनामाका लागि अनशन कुनै ‘ग्राउन्ड’ होइन : पूर्वन्यायाधीश कृष्णजंग

पुस २६,काठमाडाैं : अदालतको अवहेलना अभियोग लगाइएका प्राडा गोविन्द केसीसँग मंगलबार बयान लिइएको छ। सर्वोच्च अदालतमा बयान सकिएपछि उनलाई बुधबार फेरि हाजिर गराउने गरी न्यायिक हिरासतमा पठाइएको छ।  केसीलाई मंगलबार बिहान नौ बजे नै सर्वोच्चमा उपस्थित गराइए पनि साढे १ बजेपछि झन्डै तीन घण्टा बयान लिइएको थियो। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

सर्वोच्चका न्यायाधीश ओमप्रकाश मि श्र र केदार चालिसेको संयुक्त इजलाससमक्ष भएको बयानमा केसीले अदालतको सम्मान गरेको दाबी गर्दै अवहेलनामा प्रधानन्यायाधीशलाई नै कारबाही हुनुपर्ने माग गरेका छन्। 

पूर्वन्यायाधीश कृष्णजंग रायमाझीसँग गरिएको कुराकानीको केही अंश:

प्रधानन्यायाधीशविरुद्ध गम्भीर आरोपसहित राजीनामा मागिएको छ नि ?
बिनाआधार र कारण न्यायपालिकाको नेतृत्वविरुद्ध लाञ्छना लगाउन पाइँदैन। संविधान र कानुनको गम्भीर उल्लंघन छ भने हटाउन संसद्ले महाभियोग लगाउने संवैधानिक प्रक्रिया छ। तर, न्यायाधीश पनि स्वच्छन्द हुन सक्दैन। यदि, न्यायपालिकाको प्रतिष्ठा नै गिराउने कार्य गरेको छ भने त न्यायाधीशकै विरुद्ध पनि अवहेलनाको कारबाही हुन सक्छ। तर भीडले होइन। विधि र प्रक्रिया अनुरुप जानुपर्छ।

प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म डा.केसीले अनशन छाड्दिनँ भन्नुभएको छ नि !
राजीनामाका लागि अनशन कुनै ‘ग्राउन्ड’ होइन। अदालत आफ्नो ढंगबाट हिँडेको हुन्छ। निर्णय बदर गर्ने हो भने कानुनकै बाटो समात्नुपर्‍यो। स्वतन्त्र न्यायपालिका त्यसै भनिएको होइन। कतैबाट हस्तक्षेप गरिनु हुँदैन। न्यायपालिकाको मर्यादा र प्रतिष्ठाका विषयमा आमनागरिक र अदालत स्वयंले पनि सोच्नुपर्ने हुन्छ। अनशन बसेर, विरोध र नाराले कुनै फैसला बदर हुँदैन। कोही असहमत हुन सक्छ। असहमति राख्न पाइन्छ। तर, अदालतले सदर र बदर विरोधका भरमा गर्न मिल्दैन।

उसोभए अहिलेको विरोध गलत हो त ?
यसरी दबाबले न्यायपालिकालाई हान्नु त गलतै हो। गल्ती सच्याउने ढंग छ। मुर्दावाद भनेर हुँदैन। आलोचना गर्दा कसैको ‘डिग्निटी’ घटाउने काम भयो कि भएन भनेर विचार पुर्‍याउनुपर्छ। फैसला खारेज गरिपाऊँ भनेर पुनरवलोकनमा जान सकिन्छ। अनि संविधानअनुरूप फैसलामा असहमति भए पनि मान्नुपर्ने हुन्छ। किनकि सर्वोच्चको फैसला अन्तिम हुन्छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित