December 27, 2017

काम चलाउ मन्त्रीका आफूखुसी निर्णय

पुस १२, २०७४ ,निर्वाचन सम्पन्न भएर नयाँ सरकार बन्ने तयारी भइरहँदा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरूले आफूअनुकूलका निर्णय गर्न थालेका छन्। जाँदाजाँदै मन्त्रीहरूले निजामती सेवा ऐन र नियम मिचेर विभिन्न निकायमा कर्मचारी सरुवालाई तीव्रता दिन थालेका छन्। आभूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले सरकारी जग्गा व्यक्तिको नाममा गराउन अस्वीकार गरेको भन्दै सोमबार मात्रै भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक टीकाराम घिमिरेलाई हटाएर आफूनिकट मुक्ति आचार्यलाई विभागको महानिर्देशक बनाएका छन्।

मन्त्री दहितले सार्वजनिक बिदाका दिन सामान्य प्रशासन मन्त्रालयबाट महानिर्देशक घिमिरेको सरुवा सहमति ल्याएका थिए। भूमिसुधारमन्त्री दहितमाथि अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले उनीमाथि छानबिन गरिरहेको छ।

मन्त्री दहितले सरकारको नाममा आउनुपर्ने कतिपय सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने प्रक्रिया थाल्न विभागका महानिर्देशक घिमिरेलाई दबाब दिँदै आएका थिए। तर, उनले सरकारी जग्गा व्यक्तिको नाममा ल्याउनु सरासर राष्ट्रमाथिको बेइमानी हुने भन्दै मन्त्रीको दबाब अस्वीकार गर्दै आएका थिए। ‘मन्त्रीको गलत दबाब अस्वीकार गरेकाले उहाँको जबर्जस्ती सरुवा गरिएको हो’, विभागका एक अधिकृतले अन्नपूर्णसँग भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न