December 27, 2017

काम चलाउ मन्त्रीका आफूखुसी निर्णय

पुस १२, २०७४ ,निर्वाचन सम्पन्न भएर नयाँ सरकार बन्ने तयारी भइरहँदा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरूले आफूअनुकूलका निर्णय गर्न थालेका छन्। जाँदाजाँदै मन्त्रीहरूले निजामती सेवा ऐन र नियम मिचेर विभिन्न निकायमा कर्मचारी सरुवालाई तीव्रता दिन थालेका छन्। आभूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले सरकारी जग्गा व्यक्तिको नाममा गराउन अस्वीकार गरेको भन्दै सोमबार मात्रै भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक टीकाराम घिमिरेलाई हटाएर आफूनिकट मुक्ति आचार्यलाई विभागको महानिर्देशक बनाएका छन्।

मन्त्री दहितले सार्वजनिक बिदाका दिन सामान्य प्रशासन मन्त्रालयबाट महानिर्देशक घिमिरेको सरुवा सहमति ल्याएका थिए। भूमिसुधारमन्त्री दहितमाथि अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले उनीमाथि छानबिन गरिरहेको छ।

मन्त्री दहितले सरकारको नाममा आउनुपर्ने कतिपय सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने प्रक्रिया थाल्न विभागका महानिर्देशक घिमिरेलाई दबाब दिँदै आएका थिए। तर, उनले सरकारी जग्गा व्यक्तिको नाममा ल्याउनु सरासर राष्ट्रमाथिको बेइमानी हुने भन्दै मन्त्रीको दबाब अस्वीकार गर्दै आएका थिए। ‘मन्त्रीको गलत दबाब अस्वीकार गरेकाले उहाँको जबर्जस्ती सरुवा गरिएको हो’, विभागका एक अधिकृतले अन्नपूर्णसँग भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा