ईपीएलमा पोखरा राइनोज ७ विकेटले पराजित

पौष १०,काठमाडौं : एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडिएटर्स प्लेअफमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा पोखरा राइनोजलाई ७ विकेटले पराजित गर्दै भैरहवा अन्तिम चारमा पुगेको हो ।

139392618926037366_10156246465227313_1058969795_o

१०९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भैरहवाले १७.४ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । भैरहवाको जितमा आरिफ शेखले उत्कृष्ट प्रदर्शन गरे । उनले नटआउट ४८ रनको योगदान दिए । आरिफले ४७ बलमा तीन छक्का र तीन चौका प्रहार गरे । त्यस्तै, कप्तान शरद भेषवाकरले नटआउट ३२ रनको पारी खेले । उनले ३७ बलमा तीन चौका प्रहार गरे । भैरहवाका लागि प्रथम सालुंकेले १२ बलमा २५ रन बनाए ।

पोखराका लागि ताज वालीले २ र कप्तान शक्ति गौचनले १ विकेट लिए ।  यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १८.३ ओभरमा अलआउट हुँदै १०८ रन बनाएको थियो । पोखराका लागि इस्रर उल्लाहले उत्कृष्ट ब्याटिङ गर्दै ४१ रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । उल्लाहले ४० बलमा ६ छक्का प्रहार गरे । त्यस्तै, पोखराका लागि सुनिल धमलाले १५, असिफ अली १० र शौरभ खनालले ९ रन बनाए ।

भैरहवाका लागि कप्तान शरद भेषवाकर, कृष्ण कार्की र दिपेश श्रेष्ठले समान २–२ विकेट लिए । ४ खेलबाट ३ खेलमा जित र १ खेलमा हार ब्यहोरेको भैरहवा ६ अंकसहित क्वालिफाइङ राउण्डमा प्रवेश गरेको हो । समान ४ खेलबाट २ खेलमा जित र २ खेलमा हार ब्यहोरेको पोखरा ४ अंकसहित लिगको तेस्रो स्थानमा छ । पोखराको पनि प्लेअफमा पुग्ने सम्भावना प्रबल रहेको छ ।

यसअघि आजै भएको पहिलो खेलमा विराटनगर वारियर्स लिग चरणको सबै खेलमा जित हात पार्दै प्लेअफमा पुगेको छ । काठमाडौं किंग्स इलाभेन ८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति