इतिहास बन्दै हात्ती पोलो

नेपालमा मात्रै खेलाइने एकमात्र अन्तर्राष्ट्रियस्तरको खेल ‘हात्ती पोलो’ यस वर्षदेखि बन्द गर्ने घोषणा भएपछि यो खेल इतिहासमै सीमित हुने भएको छ ।

186234443elephant-Polo

विश्वभर जनावरको अधिकारका विषयमा चर्को बहस भएपछि ३५ वर्षअघिदेखि आयोजना हुँदैआएको यो खेल इतिहास बन्न लागेको हो ।

संसारभर हात्ती सफारीविरुद्ध आवाजहरु उठ्न थालेपछि र केही ट्राभल एजेन्सीले नै हात्ती सफारी गर्न रोक लगाएपछि कुनै पनि जनावरलाई दुःख दिनु गलत भएको ठहर गर्दै आयोजकले प्रतियोगिता बन्द गर्ने निर्णय गरेको हो ।

‘दुई वर्षदेखि पर्यटकलाई हात्ती सफारीसमेत बन्द गर्दै आएका छौ’, टाइगर टप्स जंगल लजअन्तर्गत थारु भिलेजका प्रबन्धक डीबी चौधरीले भने ।

निकुञ्जभित्र रहेको होटलको आयोजनामा मैघौली एयरपोर्ट मैदानमा हात्ती पोलो हुने गरेको थियो । सो खेल पछिल्लो समय व्यापक हुँदै अन्य ठाउँमा समेत हुन थालेको थियो ।

चितवन निकुञ्ज भित्र रहेको टाइगर टप्स होटलको सहयोगमा विश्व हात्ती पोलो संघ (वेपा)ले सन् १९८२ देखि सो प्रतियोगिता अयोजना गर्दै आएको थियो ।

केही समय टाइगर टप्सकै व्यवस्थापनले बर्दिया निकुञ्जमा सञ्चालन गरेको कर्णाली लजको संयोजनमा हात्ती पोला विश्व कप प्रतियोगिता बर्दियामा भएको थियो । त्यसपश्चात् सो प्रतियोगिता नवलपरासी बाघखोरको गुन्द्रेही ढकाहा मध्यवर्ती सामुदायिक वनको मैदानमा सञ्चालन हुँदै आएको थियो ।

टाइगर टप्सकै व्यवस्थापनमा नवलपरासी डण्डाबजारदेखि तल बाघखोरमा थारु भिलेज नामको पर्यटकीय रिसोर्ट सञ्चालनमा छ । टाइगर टप्सका तत्कालीन सञ्चालक जिम एडवर्डले आफ्नो होटलमा आउने विदेशी पर्यटकहरुलाई सामेल गराएर यो खेलको सुरूवात गरेका थिए । जिमको केही वर्षअघि नै निधन भइसकेको छ  ।

टाइगर टप्स समूहले सञ्चालन गरेको होटलमा युरोप, अमेरिकाका निकै नै धनाढ्य र खर्चालु पर्यटकहरु आउने गर्छन् । तिनै पर्यटकहरुलाई मनोरञ्जन दिन जिमले यो नौलो खेलको सुरूवात गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति