करोडौँ लगानी तर पनि २६ लाख मत खेर गयो

birgunj_matgadana_vote_count_2_EgA2D9b41fकाठमाडौँ, ५ पुस । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ जनताले व्यक्त गरेको २६ लाख मत खेर गएको छ । मतदाता शिक्षाका लागि ठूलो रकम खर्च भए पनि मत बदरको अवस्था भने फेरिएको छैन । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक परिणामअनुसार २६ लाख १० हजार ९६८ मत बदर भएको छ ।

आयोगले प्रारम्भिक रूपमा सार्वजनिक भएको बदर मतको सङ्ख्या भने घट्ने दाबी गरेको छ । निर्वाचन क्षेत्रगत रूपमा अन्तिम परिणाम सङ्कलन गरी रुजु गर्ने काम भइरहेकाले बदर मतको सङ्ख्या यकिन भइनसकेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । ढकालले भन्नुभयो, “बदर मतको अन्तिम सङ्ख्या रुजु हुँदैछ । अहिलेलाई प्रारम्भिक रूपमा सार्वजनिक भएकै बदर मतको सङ्ख्या होध्र”
निर्वाचन आयोगले पहिलो र दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभामा ६८ प्रतिशतभन्दा बढी मत खसेको विवरण सार्वजनिक गरेको छ । सङ्ख्यात्मक हिसाबमा एक करोड पाँच लाख ८७ हजार ५२१ मत खसेको छ; जसमध्ये आयोगको वेब पेजमा सार्वजनिक विवरणअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ ९५ लाख ४४ हजार ७४४ मत सदर भएको छ । अर्थात् १० लाख ४२ हजार ७७७ मत बदर भएको छ । खसेको मतका आधारमा बदर मत ९.८४ प्रतिशत हो ।
प्रदेशसभातर्फ झनै बढी मत बदर भएको छ । कुल मतमा ९० लाख १९ हजार ३३० मत सदर भएको छ । प्रदेशसभामा कुल १५ लाख ६८ हजार १९१ मत बदर भएको छ । कुल मतका आधारमा बदर मत १४.८१ प्रतिशत हो । प्रतिनिधिसभाभन्दा प्रदेशसभाको समानुपातिकतर्फ ४.९७ प्रतिशत बढी मत बदर भएको हो ।
कुल मतमध्ये प्रदेशगत रूपमा प्रदेश नम्बर १ मा १७ लाख ३६ हजार ६२२ मत सदर भएको छ । यस्तै प्रदेश २ को प्रदेशसभाको समानुपातिकतर्फ १५ लाख ३७ हजार १७१ मत सदर भएको निर्वाचन आयोगको प्रारम्भिक तथ्याङ्क छ । प्रदेश ३ मा समानुपातिकतर्फ १८ लाख ९१ हजार ३०६ मत सदर भएको छ ।
यस्तै प्रदेश ४ मा नौ लाख ५६ हजार ८१९ मत सदर भएको छ । प्रदेश ५ मा समानुपातिकको १६ लाख १२ हजार १८० मत सदर भएको आयोगको प्रारम्भिक तथ्याङ्क छ । प्रदेश ६ मा चार लाख ९४ हजार १६२ र प्रदेश ७ मा सात लाख ९१ हजार ७० मत सदर भएको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा