माओवादीको निष्कर्ष- सरकार गठनअघि एकताको खाका

माओवादी केन्द्रले नयाँ सरकार गठनअघि एमालेसित पार्टी एकताको खाका तयार गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
perish_Dada_photos_9_WlHDmLVukd
चुनावपछि पहिलो पटक बसेको पार्टी मुख्यालयको बैठकले पार्टी एकता गर्ने सहमतिको बलमै वामपन्थी गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभामा विजय हासिल गरेको ठहर छ ।

‘पार्टी एकताको मोटो खाका सरकार गठनअघि नै तयार गर्नेतर्फ लाग्नुपर्छ,’ बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘हामीले एकताको कुरालाई बढी प्राथमिकता दिएर जानुपर्छ, जनमत पनि त्यहीअनुसार आएको छ ।’

एमाले र माओवादीबीच चुनाव सकिएलगत्तै पार्टी एकता प्रक्रिया अघि बढाउने सहमति भएको थियो । तर एकताको मोडलबारे औपचारिक रूपमा केही उल्लेख भएको थिएन ।

सरकार बन्ने बेलामा नै त्यो विषयलाई टुंग्याउँदा दुवै दललाई एकता प्रक्रियामा सहज हुने भएकाले त्यसमा पार्टी नेतृत्वले जोड दिनुपर्ने धारणा अन्य नेताले पनि बैठकमा बताए ।

बैठकपछि प्रवक्ता पम्फा भुसालले पनि सरकार पहिले र पार्टी एकता पछि गर्ने भन्ने कुरा गर्न नहुने धारणा आएको जानकारी दिइन् । ‘दुवै काम सँगसँगै गर्नुपर्छ,’ उनले भनिन् । यो खबर आजकोकान्तिपुरमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा