के गर्दैछन् मधेशी दल ?

काठमाडौँ, ४ पुस – प्रदेश सभा तथा प्रतिनिधि सभाको सम्पूर्ण नतिजा आइ सकेपछि दलहरुले आगामी कार्यनीति तथा सरकार गठनको विषयमा परामर्श सुरु गरेका छन् । चुनाव सम्पन्न भएसँगै मतदातालाई बधाई तथा शुभकामना दिएर राजधानी फर्केका विभिन्न दलका नेताहरु आगामी सरकार तथा प्रदेश सभा गठनको विषयमा आपसी परामर्श थालेका छन् ।

sanghiya-samajbadi-forum-nepal

प्रदेश २ मा मधेसवादी दलले प्रदेश सरकार गठनका लागि स्पष्ट बहुमत ल्याएपछि दलका नेताहरु त्यसका लागि आपसमा गृहकार्य सुरु गरेका छन् । महोत्तरी २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुर राजधानी फर्किनुभएको छ । काठमाडौंँ फर्केलगतै उहाँले केन्द्र तथा प्रदेशमा गठन हुने सरकारको विषयमा परामर्श सुरु गर्नुभएको हो ।
समानुपातिकको परिणाम सार्वजनिक भएपछि पार्टीबाट समानुपातिक उम्मेदवारको बारेमा पनि उहाँले पार्टीभित्र परामर्श सुरु गर्नुभएको छ । जित पछिको विजय उत्सव मनाउन जिल्लामा रहनुभएका दलका नेताहरुलाई राजधानी फर्किन उहाँले खबर पठाउनुभएको छ ।
राजपा नेपालका प्रवक्ता एवं महासचिव केशव झाले आउँदो शुक्रवार पार्टीको बैठक बस्ने गरी नेताहरुलाई राजधानी आउन संयोजक ठाकुरले खबर पठाउनुभएको जानकारी गराउनुभयो । समानुपातिक सिट बाँटफाँटसँगै हाल देखिएको राष्ट्रिय सभाको विवाद र प्रदेश तथा केन्द्र सरकार गठन लगायतका कार्यसूचीमा छलफल गर्न बैठक बोलाइएको उहाँले जानकारी गराउनुभयो ।
प्रदेश २ मा राजपा नेपाल र फोरम नेपालको संयुक्त सरकार गठन हुने विषयमा पनि पार्टीमा छलफल हुने बताइएको छ । त्यस प्रदेशमा फोरम नेपालले बढी सीट ल्याएको हुनाले सरकार उसैले बनाउने दावी गर्दै आएको छ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ मा आफ्नो पार्टीले बढी सीट ल्याएको हुनाले आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन हुने बताउनुभयो ।
यद्यद्यि राजपा नेपालले पनि सरकारको नेतृत्व लिनका लागि दावी गरिरहेको छ । प्रवक्ता झाले भन्नुभयो, फोरम नेपालले सीट बढी ल्याएको हुनाले सोही दलको नेतृत्वमा सरकार गठन हुनु स्वभाविक हो तर संयुक्त सरकार निर्माण हुने भएकाले त्यसमा पनि सहमति बनाउनुपर्छ ।’ सहमतिका आधारमा राजपा नेपालले प्रदेश सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाए सहर्ष स्वीकार गर्ने उहाँले बताउनु भयो । यी विषयमा पनि अगामी बैठकमा छलफल हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा