December 14, 2017

राप्रपा, नयाँशक्ति, नेमकिपा र राजमोकाे थ्रेसहोल्ड कटेन, विवेकशील साझा नकअउट!

124022569125346332_1959525314334939_554664978_o

 

२८ मंसिर, काठमाडौं । प्रतिनिधिसभामा विवेकशील साझा पार्टीको प्रतिनिधित्व नहुने भएको छ । प्रत्यक्षतर्फ एक सिट पनि नजितेका विवेकशीलसँगै राप्रपा प्रजातान्त्रिकले पनि समानुपातिकमा तीन प्रतिशतको थ्रेस होल्ड नकटाउने पक्का भएको छ ।एक/एक सिट जितेका राप्रपा, नयाँ शक्ति, नेमकिपा र राष्ट्रिय जनमोर्चाले पनि थ्रेसहोल्ड कटाउने सम्भावना टरेको छ ।समानुपातिकतर्फ ८० लाख बढी भोट गणना भइसकेको छ ।

अहिलेसम्म एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय फोरम र राजपाले मात्रै थ्रेस होल्ड कटाएका छन् ।विवेकशील साझाले १ लाख ८२ हजार भोट पाएको छ भने राप्रपाले १ लाख ८१ हजार पाएको छ । नयाँ शक्तिले ७१ हजार, राप्रपा प्रजातान्त्रिकले ६६ हजार, नेमकिपाले ५१ हजार भोट पाएका छन् ।निर्वाचन आयोगका अनुसार शुक्रबारसम्म समानुपातिकतर्फको मतगणना सकिनेछ । अहिलेसम्मको ट्रेण्ड र गणना गर्न बाँकी क्षेत्र हेर्दा विवेकशील र राप्रपाले पनि थ्रेस होल्ड कटाउन आवश्यक मत पु¥याउने देखिँदैन ।

यदि त्यसो भएमा प्रतिनिधिसभामा राष्ट्रिय पार्टीका रुपमा ५ वटा राजजीतिक दलहरु मात्रै हुनेछन् भने एक स्वतन्त्र सांसद रहने छन् ।

अधिकाशंमा प्रदेशमा राप्रपा, ३ मा विवेकशील साझा

सात वटा प्रदेशका कुल ३३० सिट मध्ये एउटा पनि जित हात पार्न नसकेको राप्रपा र विवेकशील साझा पार्टीले केही प्रदेशमा समानुपातिक सिट पाउने भएका छन् ।प्रदेशसभामा १.५ प्रतिशतको थ्रेस होल्ड राखिएको छ । प्रदेश १ को सुनसरी बाहेकको गणना सकिएको छ । त्यहाँ एमाले, कांग्रेस, माओवादीसँगै संघीय फोरम र राप्रपाले थ्रेस होल्ड कटाउने देखिन्छ ।

प्रदेश २ मा भने धेरै गणना बाँकी छ ।प्रदेश ३ मा काठमाडौं र चितवनको गणना जारी छ भने अरु जिल्लाको सकिएको छ । यो प्रदेशमा एमाले, कांग्रेस, माओवादीसँगै विवेकशील साझा र राप्रपाले थ्रेस होल्ड कटाउनेछन् । विवेकशीलले १ लाख ४हजार मत पाइसकेको छ ।

प्रदेश ४ मा स्याङ्जा बाहेक अन्य जिल्लाको गणना भइसकेको छ । यो प्रदेशमा एमाले, कांग्रेस र माओवादीसँगै नयाँ शक्तिले थ्रेस होल्ड कटाउने सम्भावना छ । प्रदेश ५ मा एमाले, कांग्रेस, माओवादीसँगै फोरम र राजपा तथा ६ मा तीन दलसँगै राप्रपाको सम्भावना छ ।प्रदेश ७ मा पनि एमाले, कांग्रेस र माओवादीसँगै राजपा र राप्रपाले थ्रेस होल्ड कटाउने सम्भावना छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।