December 13, 2017

नेमकिपाका उम्मेद्वारहरुकै  भक्तपुरमा धरौटी जफत! 

 

भक्तपुर, २६ मंसिर– भक्तपुरमा पक्कड जमाएका नेपाल मजदूर किसान पार्टीबाट क्षेत्र नं। २ का प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारको धरौटी जफत भएको छ ।

क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेमकिपाकी अनुराधा थापामगर तथा प्रदेशसभा सदस्य ९क० का उम्मेदवार सरोजराज गोसाई र ९ख० का उम्मेदवार प्रेमजन थापा श्रेष्ठको धरौटी जफत भएको हो ।

निर्वाचनमा सहभागी दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्दाको धरौटी रकम फिर्ता लिन कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेर राईले जानकारी दिए । १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने उनले बताए ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार क्षेत्र नं २ मा कूल मतदाता ८३ हजार ९३० रहेको र तीमध्ये कूल ६४ हजार ४५३ मत गणना भएका थिए । गणना भएका मतमध्ये नेमकिपाका थापा मगरले जम्मा ५ हजार ४७१ मत मात्रै प्राप्त गरिन् । यसक्षेत्रमा प्रतिनिधिसभातर्फ एमालेका महेश बस्नेत र प्रदेशसभा सदस्य (क) मा शशीजंग थापा र (ख) मा राजेन्द्रमान श्रेष्ठ विजयी भएका छन् ।

नेमकिपासँगै विवेकशील साझा, नेकपा माले, राप्रपा (राष्ट्रवादी), नयाँ शक्ति, जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टीले पनि धरौटी बचाउन सकेनन् । जसमध्ये नेमकिपा र विवेकशील साझाबाहेकका दलले ३०० मत पनि कटाउन सकेनन् ।
सोही क्षेत्र प्रदेशसभा सदस्य (क) मा कूल ४४ हजार ८६ मतदाता रहेको र तीमध्ये ३३ हजार ९०१ मत गणना भएको थियो । मत गणनाको परिणामलाई हेर्दा नेकपा एमाले र नेपाली काँग्रेसबाहेक अन्य दलले धरौटी बचाउन सकेनन् ।

प्रदेशसभा (ख) मा पनि एमाले र काँग्रेसले मात्रै धरौटी बचाएका छन् । उम्मेदवारी दिने दलहरूमध्ये नेमकिपा, विवेकशील साझा, संघीय समाजवादी फोरम, राप्रपा, देशभक्त गणतान्त्रिक मोर्चा, र नेपाल दलित पार्टीको धरौटी जफत भएको छ ।

क्षेत्र नं १ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य (क) र (ख) मा नेमकिपा, एमाले र काँग्रेसको मात्रै धरौटी बचेको छ । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेमकिपाका प्रेम सुवाल, तथा सोहि क्षेत्रको प्रदेशसभा सदस्य (क) मा एमालेका हरिशरण लामिछाने र (ख) मा नेमकिपाकै सुरेन्द्रराज गोसाई विजयी भएका छन् ।

प्रतिनिधिसभातर्फ विवेकशील साझा, एराप्रपा राष्ट्रवादी, नयाँ शक्ति, चुरेभावर लोकतान्त्रिक पार्टी, जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चाले धरौटी बचाउन सकेनन् । जसमध्ये नेमकिपा र विवेकशिल साझाबाहेकका दलले ३०० मत पनि कटाउन नसकेको कार्यालयका प्रमुख राईले जानकारी दिए ।

प्रदेशसभा सदस्य (क) मा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका डिपी ढकालले ७८३ मत मात्रै प्राप्त गरेका छन् भने ढकालसँगै विवेकशील साझा, राप्रपा, नेपाली काँग्रेस वि.पि. नयाँ शक्ति र देशभक्त गणतान्त्रिक मोर्चाले ५०० मत पनि कटाउन नसकेपछि धरौटी जफत भएको हो ।

बुधबार, मंसिर २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा