समानुपातिकमा ३१ लाख मत गणना हुँदा ४ दलमात्रै थ्रेसहोल्ड ‘क्रस’ 

 

  २०७४ मङ्सिर २६ मंगलबार १२:३४:००

काठमाडौं ।  प्रतिनिधि सभा समानुपातिक मतमा ३१ लाख १० हजार १९४ मत गणना हुँदासम्म प्रमुख ४ दलले मात्रै ३ प्रतिशत थ्रेसहोल्ड क्रस गरेका छन् । पछिल्लो तथ्यांकअनुसार एमाले, कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमले मात्रै थ्रेसहोल्ड क्रस गरेका हुन् ।  राप्रपा, विवेकशील, नयाँ शक्ति लगायतका पार्टीले ३ प्रतिशत पुर्याउन सक्ने सम्भावना बाँकी नै छ । एमालेले ११ लाख ४६ हजार ६८३ मत ल्याएको छ भने कांग्रेसले १० लाख ६५ हजार ४७६ मत ल्याएको छ ।  माओवादी केन्द्रले ४ लाख हजार ६३ हजार ९५ मत ल्याएको छ । त्यसैगरी चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले ८२  हजार ४०९, पाँचौं स्थानमा रहेको विवेकशील साझा पार्टीले ६५ हजार ८२९ मत ल्याएको छ । 

यता राष्ट्रिय प्रजातन्त्र पार्टीले ६० हजार ८० मत ल्याएको छ। त्यस्तै नयाँ शक्तिले ३५ हजार ६४९, ६ हजार ५७८ राष्ट्रिय जनमोर्चाले २६ हजार ६३९ मत ल्याएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) २३ हजार ८०४ मत प्राप्त गरेको छ ।  त्यस्तै अन्य दलले ८७ हजार १७७ मत ल्याएका छन् ।

कसरी चुनिन्छन् समानुपातिक सांसद ?

समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड नकटाउने दलले सिट पाउने छैनन् । ती दलले प्राप्त गरेको मतबाहेक थ्रेसहोल्ड कटाउने दलबीच मतका आधारमा समानुपातिकको सिट बाँडफाँट हुन्छ । त्यसरी बाँकी रहेको मतलाई नै शतप्रतिशत मानी निर्धारित सिट सङ्ख्याका आधारमा दललाई सिट बाँडफाँट हुन्छ ।

सिट बाँडफाँट गर्दा तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत कुल मतमा गणना हुँदैन ।   थ्रेसहोल्ड नकटाउने दलले पाएको मत काम नलाग्ने भएपछि बाँकी मत शतप्रतिशत मान्दा सिट पाउने अन्य दललाई केही फाइदा हुने देखिन्छ।  यसले सिट पाउन चाहिने न्यूनतम मत सङ्ख्यालाई कम गर्नेछ ।

दुई चरणका निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९३८ मतदाता रहेकोमा १ करोड पाँच लाख ८७ हजार ५२१ मत खसेको थियो ।  खसेको मतमा बदर मत पनि रहेको हुन्छ । यसमा सदर मतलाई आधार मानेर थ्रेसहोल्ड कटाउने दल र सदर मत छुट्याइन्छ ।

यो निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर हुने अनुमान गरिएको छ । जसअनुसार करिब १ करोड मत सदर हुँदा थ्रेसहोल्ड कटाएको दलले कम्तीमा ४ जना सांसद पाउन सक्छ ।
तर, प्रदेशसभाको हकमा भने तोकिएको एक दशमलव ५ प्रतिशत थ्रेसहोल्ड कटाए पनि सिट पाउने ग्यारेन्टी भने हुन्न ।  किनभने मत विभाजक सूत्रअनुसार प्रदेशका लागि तोकिएको सिट बाँड्दा थ्रेसहोल्डका लागि तोकिएको मत प्रतिशतभन्दा सिटका लागि आवश्यक मत बढी हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने