कांग्रेसका ‘क्रिम अनुहार’ ‘डेन्जरजोन’मा , के वामपन्थी हावी हुन्छन् ?

Nepali-congress-768x513
विराटनगर, २२ मंसिर । १ नम्बर प्रदेशका विभिन्न जिल्लामा मतगणनाका काम सुरू हुने प्रक्रिया चलिरहेका बेला पहाडी र हिमाली जिल्लामा आएका प्रारम्भिक चरणका नतिजाले १ नम्बर प्रदेशमा कांग्रेसका क्रिम अनुहार डेन्जर जोनमा पर्नसक्ने प्रारम्भिक अनुमान हुन थालेको छ ।

झापा–३, मोरङ–४, मोरङ–२, मोरङ–६, सुनसरी–४, सुनसरी–३ मा पनि कांग्रेसका हेवीवेट उम्मेदवारको प्रतिनिधि सभाको यात्रा संकटमा रहेको छ । स्थानीय निर्वाचनका बेला पहाडमा बलियो मत ल्याएको कांग्रेसको २ नम्बर प्रदेश बाहेकका प्रदेशमा कमजोर भोट बैंक नै देखिएको थियो ।

झापा–३ मा कृष्णप्रसाद सिटौलालाई राप्रपाका राजेन्द्र लिङ्देन, मोरङ–२ मा डा. मिनेन्द्र रिजाललाई नेकपा एमालेका ऋषकेश पोखरेल, मोरङ–६ मा डा. शेखर कोइरालालाई एमालेका लालबाबु पण्डित, सुनसरी–४ मा ज्ञानेन्द्र कार्कीलाई एमालेका रमेश श्रेष्ठ, सुनसरी–३ मा विजयकुमार गच्छादारलाई एमालेकी भगवती चौधरीको चुनौति भारी पर्नसक्ने अनुमान गरिएको छ ।

कांग्रेसको बलियो मतादाता रहेको यस क्षेत्रमा यी हेवीवेट नेता डेन्जर जोनमा रहेका विश्लेषण सुरू भएको छ । यी उम्मेदवार कांग्रेसका क्रिम अनुहार हुन् ।

‘यस पटक जनताले दिएको मतको आधारलाई हेर्ने हो भने कांग्रेसको जीवनमा सवैभन्दा ठूलो घाटा हुने रूझान देखा परेको छ । यो रूझानका आधारलाई मान्ने हो भने कांग्रेसलाई हराउने भन्दा पनि एउटा गठजोडलाई देश परिवर्तनका निम्ति बहुमत दिएको भन्नुपर्छ’, स्थानीय पत्रकार चन्द्रमणि कट्टेल भन्छन्,‘राजनीतिमा यो परिस्थिति आउनु थियो, लोकतान्त्रिक गठबन्धन कमजोर रहेका कारण बलियो गठजोडले बहुमत ल्याउने संकेत देखिएको छ ।’

नेपाली कांग्रेसलाई समानुपातिकमा पनि मत गुमाउनसक्ने खतरा रहेको छ । वैकल्पिक राजनीतिक व्यवस्था खोजिरहेका कांग्रेसका बहुमत मतदातालो विवेकशील साझालाई समर्थन गरेको कारण घाटा हुनसक्ने बताइएको छ । ‘पूर्वमा कांग्रेसको जीवन प्रत्यक्षमा आउने मतका आधारमा मात्र निर्धारित हुनसक्ने अनुमान थियो । पूर्वी पहाडमा पनि कांग्रेसलाई खसेको मतका आधारमा यस्तो विश्लेषण गर्न सकिन्छ’, अर्का पत्रकार नवराज विष्ट भन्छन्,‘दलको भन्दा पनि प्रभावका आधारमा यहि प्रकृतिको नतिजा आउँछ भन्ने आँकलन गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा