.jpeg)
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का कांग्रेस उमेदवार गगन थापामाथि काठमाडौंमा बम आक्रमण भएको छ ।काठमाडौंको बुढानिलकण्ठ वडा नम्बर २ मा घरदैलो अभियानमा रहेका बेला बम प्रहार भएको थियो । बम हान्ने व्यक्ति फरार भएको थापाका सहयोगी सविन मुडवरीले जानकारी दिए ।
उनका अनुसार घरदैलो अभियानमा हिँडिरहेका बेला एक्कासी बम हानिएको थियो । बमको छर्रा लागेर थापा पनि सामान्य घाइते भएका छन् । उनीसहित ५ जना घाइते भएका छन् ।घाइते सबैलाई अहिले शिक्षण अस्पताल लगिएको छ ।
“गगन दाइलाई लक्षित गरी हानिएको बमले उहाँको ढाड र कानमा चोट लागेको छ,”मुडवरीले भने, “उहाँसहित अन्य ५ जना घाइते हुनुभएको छ । सबैलाई अहिले शिक्षण अस्पताल ल्याइएको छ ।”
प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले पनि बम हान्नेहरुको खोजी भैरहेको बताउँदै थापासहितका घाइतेलाई अस्पताल ल्याइएको जानकारी दिए ।
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण
काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य
असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका