गगन थापामाथि बम आक्रमण, थापासहित ५ जना घाइते

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का कांग्रेस उमेदवार गगन थापामाथि काठमाडौंमा बम आक्रमण भएको छ ।काठमाडौंको बुढानिलकण्ठ वडा नम्बर २ मा घरदैलो अभियानमा रहेका बेला बम प्रहार भएको थियो । बम हान्ने व्यक्ति फरार भएको थापाका सहयोगी सविन मुडवरीले जानकारी दिए ।

उनका अनुसार घरदैलो अभियानमा हिँडिरहेका बेला एक्कासी बम हानिएको थियो । बमको छर्रा लागेर थापा पनि सामान्य घाइते भएका छन् । उनीसहित ५ जना घाइते भएका छन् ।घाइते सबैलाई अहिले शिक्षण अस्पताल लगिएको छ ।

“गगन दाइलाई लक्षित गरी हानिएको बमले उहाँको ढाड र कानमा चोट लागेको छ,”मुडवरीले भने, “उहाँसहित अन्य ५ जना घाइते हुनुभएको छ । सबैलाई अहिले शिक्षण अस्पताल ल्याइएको छ ।”
प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले पनि बम हान्नेहरुको खोजी भैरहेको बताउँदै थापासहितका घाइतेलाई अस्पताल ल्याइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत