आइतबार, १७ मङि्सर २०७४

काठमाडौं । उपभोग्य वस्तुमा मासुको खपत उच्च हुन्छ । त्यसमा पनि कुखुराको मासु अन्य मासुको तुलनामा बढी खपत हुन्छ । तर, अधिकांशको भान्छामा पाक्ने यही कुखुराको मासु सोचेजस्तो स्वच्छ भने छैन ।भेटेरिनरी गुणस्तर तथा औषधि व्यवस्थापन विभागले गरेको प्रयोगशाला नमूना परीक्षणले कुखुराको मासुमा एन्टिवायोटिकको प्रयोग भयावह रहेको देखाएको छ । कार्यालयले उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तथा चितवनमा कुखुराको मासुको नमूना परीक्षण गरेको थियो ।
कार्यालयले गत आर्थिक वर्ष २०७३/७४ मा कुखुराको मासुको एक सय ८० वटा नमूना परीक्षण गर्दा एक सय १५ वटामा एन्टिवायोटिकको अवशेष भेटिएको थियो । एन्टिवायोटिकको अवशेष देखिएको मासुको उपभोग मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
कार्यालयका पशु चिकित्सक शशिधर सेढार्इँका अनुसार कुखुरामा रोग लाग्नबाट रोक्न र महामारीको सम्भावित प्रकोप रोक्ने प्रयोजनका लागि एन्टिवायोटिकको प्रयोग गरिन्छ । यसबाहेक सम्भावित रोग र महामारी रोक्न दानामै पनि एन्टिबायोटिक प्रयोग गर्ने गरेको देखिएको कार्यालय बताउँछ ।
तर, समुचित ढंगले एन्टिवायोटिकको प्रयोग नगर्दा मासु उपभोग गर्ने उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने सेढाईँ बताउँछन् ।
‘मासु उपभोग गरिने कुनै पनि पशु तथा पंक्षीलाई एन्टिवायोटिक लगाउँदा त्यसको स्वास्थ्य अवस्थाको पहिचान गरेर प्रयोग गर्ने तरिका, मात्रा र समयमा ध्यान दिनुपर्छ,’ उनी भन्छन् ।
एन्टिवायोटिक लगाइए पनि त्यसको निश्चित अवधिसम्म सम्बन्धित पशुपंक्षीको मासु उपभोग गर्नु मानव स्वास्थ्यका लागि हानिकारक हुने उनी बताउँछन् । तर, कार्यालयकै प्रयोगशाला परीक्षणले भने बजारमा बेच्न राखिएका मासुमा पनि प्रशस्त मात्रामा एन्टिवायोटिकको अवशेष देखिएको देखाउँछ ।
एन्टिवायोटिक प्रयोग गरिएको मासुको उपभोगले शरीरमा हानिकारक असर पर्ने चिकित्सकहरूको भनाई छ । एन्टिवायोटिक प्रयोग भएको खाद्य वस्तुको उपभोगले क्यान्सर जस्तो घातक रोगको जोखिम समेत निम्तिने विज्ञहरूको मत छ ।
शरीरका हानिकारक जिवाणु समूहविरुद्ध प्रयोग गरिने औषधि समूह एन्टिवायोटिक हो ।एन्टिवायोटिकको प्रयोगमा सर्तकता र न्यूनीकरण गर्न कार्यालयले जैविक सुरक्षा तथा असल सुरक्षा व्यवस्थापन अभ्यास, जिल्लास्तरमा गुणस्तरसम्बन्धि जनचेतना लगायतका कार्यक्रम सञ्चालन गरिरहेको कार्यालयले जनाएको छ ।
खसीबोका, राँगा लगायतका पशुपंक्षीमा पनि यस्तो एन्टिवायोटिक प्रयोग हुन थालेको कार्यालय बताउँछ ।नमूनामा एन्टिवायोटिक देखिएको थियो । उक्त अवधिमा कार्यालयले कुल २ सय १८ वटा दूधका नमूना परीक्षण गरेको थियो ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना