December 3, 2017

  पाँच करोड ठगी बैंक कर्मचारी दीपिका पक्राउ

मंसिर १७, 

 

 

कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर दीपिका रेग्मी बैंकको करिब ५ करोड ठगी गरेको आरोपमा पक्राउ परेकी छिन् । विद्युतीय चेक क्लियरेन्स (इसिसी) गर्दा दोहोरो इन्ट्री गराई बैंकको करिब ४ करोड ९१ लाख आफ्नो र आफन्तको खातामा सारी ठगी गरेको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले १३ मंसिरमा पक्राउ गरेको हो । 

बैंककै कर्मचारी तथा रेग्मीका सहायक रमेशकुमार थापा र न्युरोडका एक सुनपसले प्रकाश घतानीलाई समेत उनलाई ठगी गर्न सघाएको आरोपमा सिआइबीले पक्राउ गरेको छ । उनीहरूलाई १४ मंसिरमा उच्च अदालत पाटनमा पेस गरिएको र अनुसन्धानका लागि ५ दिनको म्याद थप भएको सिआइबीका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनीहरूलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कारबाही हुनेछ ।

ठूला कर्मचारी संलग्न भएको आशंका, बैंककै लापरबाही
सहायक टेलरस्तरको कर्मचारीले चार महिनादेखि ठगी गरिरहँदा पनि बैंकले थाहा नपाउनु बैंकको लापरबाहीको हद भएको नेपाल प्रहरीका एक उच्च अधिकारीले बताए । ‘यसमा बैंकको लापरबाही त छँदै छ, रेग्मीभन्दा माथिल्लोस्तरको कर्मचारीको पनि ठगीमा संलग्नता भएको आशंका गर्न सकिन्छ,’ ती अधिकारीले भने । १० लाखभन्दा माथिको कारोबारमा स्रोत खुलाउनुपर्ने व्यवस्था छ । 

गहना पसलेको खातामा १ करोड
रेग्मीले बैंकमार्फत हिनामिना गरेको रकम सुनचाँदीका गहना किन्न प्रयोग गर्ने गरेकी थिइन् । त्यो काममा न्युरोडमै दुर्गा ज्वेलर्स नामको सुन पसल चलाउने प्रकाश घतानीले साथ दिँदै आएका थिए । उनी घतानीको पसलबाट सुन र गरगहना उधारोमा लिन्थिन् र त्यसबापतको रकम चेकमार्फत भुक्तानी गरिदिन्थिन् । घतानीको खातामा मात्रै रेग्मीले एक करोड रुपैयाँ जम्मा गरेको सिआइबीका प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

यसरी पत्ता लाग्यो ठगी
कृषि विकास बैंककोे केन्द्रीय कार्यालयबाट हिसाब मिलान गर्दा हिसाब नमिलेपछि रेग्मीले गरिरहेको ठगीबारे पत्ता लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले बताए ।
‘उनले एउटै चेकबाट दोहोरो इन्ट्री गरेर रकम हिनामिना गर्ने गरेको देखिन्छ,’ सिटौलाले भने, ‘उनको आफ्नो र आफन्तको खातामा चेकमार्फत जम्मा भएको रकमको भौचरलगायत माग्यौँ, तर उनले त्यो दिन नसकेपछि ठगी भएको आशंकामा राष्ट्र बैंकमा खबर गर्‍यौँ ।’ कृषि विकास बैंकले यस विषयमा जानकारी गराएपछि राष्ट्र बैंकले सिआइबीलाई १२ मंसिरमा पत्र लेखी जाहेरी दर्ता गरेको थियो । त्यसको भोलिपल्टै सिआइबीले तीनजनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा