मतपेटिका ‘जोगाउन’ चार दलका आ-आफ्ना ताला !

matpetika_ngrTpo0EMSकाठमाडौँ, १२ मंसिर ।  आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सबै मतपेटिका सोमबार सदरमुकाम ल्याइएको छ। मतदाताले आफ्ना प्रतिनिधि चुन्न गरेको अमूल्य मत सुरक्षित रुपमा जिल्ला सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले जनाएको छ।

सदरमुकाम आसपासका मतदान केन्द्रबाट आइतबार राति नै मतपेटिका ल्याइएको थियो भने  जिल्लाको पश्चिम दक्षिणका दुर्गम स्थानका मतपेटिका सोमबार साँझसम्म सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताए।

‘सबै ठाउँका मतपेटिका सुरक्षित रुपमा सदरमुकाम ल्याएर राखिएको छ,’ उनले भने, ‘दुर्गमका नगर/गाउँपालिकाको केन्द्रमा प्रहरी सुरक्षाका बिच राखिएका मतपेटिका पनि सदरमुकाम ल्याएर आयोग र निर्वाचनमा सम्वद्ध दल सहित चार वटा ताला लगाएका छौँ।’ लोकतन्त्रका लागि यो प्रवृत्ति राम्रो नभए पनि चुनावमा सबै दलको जित्ने आकांक्षा र आशंकाका कारण विश्वासका लागि उक्त विकल्प अपनाएको जिल्ला न्यायाधीश समेत रहेका पण्डितले बताए।

दलहरूका आआफ्ना ताला

मतगणना नहुँदासम्म मतपेटिका जिल्ला समन्वय समितिको भवनको बन्द कोठामा राखिने छ। बागलुङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ तथा प्रदेश १ र २ को मत पेटिकामा निर्वाचन आयोग, नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाले आ–आफ्ना ताला लगाएका छन्। यस क्षेत्रमा माओवादीको उम्मेदवार नभएकाले माओवादीको ताला छैन। प्रतिनिधिसभा क्षेत्र नम्बर २ र त्यस अन्तर्गतको प्रदेश १ र २ को मतपेटिकामा निर्वाचन आयोग, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको ४ वटा ताला लगाइएको छ। यस क्षेत्रमा प्रत्यक्ष उम्मेदवार नभएकाले एमालेको ताला छैन।

मतपेटिकाको सुरक्षाका लागि एउटै ढोकामा चार वटा तालाका बिच मतपेटिका राखिने ठाउँमा कडा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले जानकारी दिए। त्यहाँ मतदान केन्द्र जस्तै तीन घेरामा सुरक्षाकर्मी खटाइने छ।

‘पहिलो घेरामा जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना हुन्छ’ प्रजिअ थापाले भने, ‘जनपथ र सशस्त्र तयारी अवस्थामा बस्छन् भने सेना गस्ती गर्दै घुमिरहनेछ।’

मतपेटिका राखिएको कोठा वरपर राजनीतिक दलका एक जना प्रतिनिधि पनि बस्नेछन्। चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भए पनि मतगणना सम्म विश्वसनीय वातावरण कायम गर्न मतपेटिका राखिएको कोठा बाहिर दल र उम्मेदवारका प्रतिनिधिलाई आलोपालो गरी हरेक समय खटाइने नेकपा एमालेका निर्वाचन बिभाग प्रमुख गोविन्द गौतमले जानकारी दिए।

मतपेटिका सबै सदरमुकाम आए पनि मतगणना भने मंसिर २१ गतेको दोस्रो चरणको मतदान पछि मात्रै शुरु हुनेछ। मतदान पछि सर्वदलीय सहमति अनुसार मतगणना शुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

‘मतगणना पनि विशेष सुरक्षा र संयमताका बिच शुरु गर्नेछौँ,’ मुख्य निर्वाचन अधिकृत पण्डितले भने, ‘सिसी क्यामेराको जडान र उपयुक्त स्थानका लागि हामी छलफलमा छौँ।’ अन्नपुर्णपोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा