मतपत्रलाई कडा सुरक्षा

matgadana_cIXa9qg6Yxकाठमाडौँ, १२ मंसिर । गृह मन्त्रालयले आइतबार भएको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपत्रका लागि कडा सुरक्षा व्यवस्था गरिएको जनाएको छ । गृहका अनुसार मतदानका बेलामा जस्तै मतपत्रको सुरक्षाका लागि पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन घेरा रहनेछन् ।

 गृह प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले सेनाका अतिरिक्त मतदानका दिन खटिएको मोबाइल टोली र तयारी अवस्थामा रहेको सशस्त्रको टोली पनि मतपत्र सुरक्षामा खटिने जानकारी दिए । गृह स्रोतका अनुसार सोमबार रातिसम्म धेरैजसो स्थानबाट मतपत्र सदरमुकाम ओसारी सकिनेछ । प्रदेश ३ का सबै मतदान केन्द्रबाट मतपत्र जिल्ला सदरमुकाममा ओसारिइसकिएको छ । प्रदेश १ को मतपत्र पनि सोमबार रातभरिमा ओसारी सकिने अनुमान छ ।

प्रदेश १ का एआईजी पशुपति उपाध्यायले संखुवासभाका केही मतदान केन्द्रबाहेक सबै जिल्लाका मतपत्र सोमबार राति अबेरसम्म ओसारी सकिने बताए । उनले संखुवासभाका केही हिमाली भेगमा मौसमको खराबीका कारण हेलिकप्टर पठाउन नसकिएको बताए । ‘मंगलबार दिनभरमा त्यहाँको मतपत्र पनि ओसारिने छ,’ उनले भने ।

प्रदेश ७ का एआईजी विजयकुमार भट्टका अनुसार दार्चुलाको उच्च हिमाली भेगमा पर्ने तीन मतदान केन्द्र र बझाङको काडा गाउँपालिकाको मतदान केन्द्रबाट मात्रै मतपत्र ओसार्न बाँकी छ । उनले बझाङको मतपत्र हिँडाएर मंगलबारसम्म सदरमुकाम ल्याइपुर्‍याइने र दार्चुलाको मतपत्र मंगलबार नै ओसारिने बताए ।

निर्वाचन आयोगका अनुसार सोमबार चार बजेसम्म ३२ जिल्लाका २ हजार ९ सय १७ मतदान स्थलमध्ये २ हजार ४ सय १० का मतपेटिका सम्बन्धित जिल्लाको सदरमुकाम ल्याइसकिएको छ । आयोगका अनुसार ४० मतदान स्थलका मतपेटिका हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको छ भने ४ सय ६७ मतदान स्थलका मतपेटिका पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रम जारी छ । मंगलबार साँझसम्ममा सबै मतपेटिका जिल्ला सदरमुकाम आइसक्ने जानकारी निर्वाचन आयोगले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता दुवाडीका अनुसार सदरमुकाममा रहेका र सुरक्षाका दृष्टिले भरपर्दो सरकारी कार्यालयमा मतपत्र सिलबन्दी गरेर राखिनेछ । मतपत्र कसरी सुरक्षित राख्ने भन्नेबारे जिल्ला सुरक्षा समितिले अवस्था हेरेर निर्णय लिने बताए । जिल्लाका सबै मतपत्र एकै स्थानमा भण्डार गर्ने व्यवस्था मिलाइएको पनि गृहको भनाइ छ ।

त्यसो गर्दा केन्द्रीकृत सुरक्षा दिन सजिलो हुने मन्त्रालयको ठम्याइ छ । प्रदेश १ का एआईजी उपाध्यायले जिल्लामा सबैभन्दा सुरक्षित मानिने तथा अग्लो पर्खाल भएको सरकारी भवनमा मतपत्र राखिएको बताए । प्रदेश ७ का एआईजी भट्टले पनि सुरक्षाका दृष्टिले बलियो मानिने सरकारी भवनमा मतपत्र भण्डारण गरिएको बताए । उनका अनुसार बझाङमा जिल्ला प्रहरी कार्यालय नजिकैको हुलाक भवनमा र दार्चुलामा जिप्रका छेवैको कर्मचारी आवास केन्द्रमा मतपत्र राखिएको छ ।

लमजुङ र पाँचथरमा सबै मतपत्र जिल्ला समन्वय समितिको हलमा राखिएको छ । सबैजसो जिल्लामा दलका प्रतिनिधिको समन्वयमा मतपत्र सुरक्षाको रणनीति बनाइएको छ । गृहका अनुसार केही जिल्लामा भने दलका प्रतिनिधिहरूले सीसीटीभी क्यामेरा पनि राखेका छन् भने केही जिल्लामा दलका प्रतिनिधिले मतपत्र रहेको कोठामा आफ्नै सिलबन्दी गरेका छन् । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा