November 27, 2017

एमबीबीएस अध्ययन गर्न बङ्गलादेश पुगेका विद्यार्थीहरू ठगिए

mbbs_gBjhdSjQBCकाठमाडौँ, ११ मंसिर ।  एमबीबीएस अध्ययनका लागि बङ्गलादेश पुगेका थुप्रै विद्यार्थी ठगिने गरेका छन् ।   बङ्गलादेश पुगेर ठगिने मात्र होइन, नेपालमै शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी)बाट ठगिने गरेका छन् ।  नेपाल मेडिकल काउन्सिलका अनुसार सयौँ विद्यार्थी बङ्गलादेशमा गएर ठगिएका छन् ।  नेपाली कन्सल्टेन्सीहरूले बङ्गलादेश पठाएबापत प्रतिविद्यार्थी तीनदेखि पाँचलाख रुपियाँसम्म लिने गरेका छन् ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटाले एमबीबीएस अध्ययनका लागि भरसक बङ्गलादेश नजान र जाँदा राम्रोसँग बुझेर मात्र जान आग्रह गर्नुभयो ।  उहाँले भन्नुभयो, “ठगिने नेपाली विद्यार्थीको लामो सूची प्राप्त भएको छ । ” नेपाली विद्यार्थी बङ्गलादेश गएर मेडिकल कलेजमा अध्ययन गरेको एक÷दुई वर्षमा पनि ठगिने गरेका छन् ।
काउन्सिलका अनुसार बङ्गलादेशमा विदेशी विद्यार्थीहरूका लागि ३० प्रतिशतमात्र सिट छुट्याइएको हुन्छ ।  कुनै कुनै कलेजमा विदेशी विद्यार्थीका लागि ३० जना कोटा  भए पनि ५० जना नेपाली विद्यार्थीलाई भर्ना गरिएको पाइएको छ ।
भारत, बर्मा लगायतका देशबाट समेत बङ्गलादेशमा एमबीबीएस अध्ययन गर्न जाने विद्यार्थीको सङ्ख्या धेरै हुने भएकोले नेपालबाट जाने विद्यार्थीले एमबीबीएस अध्ययनका लागि अवसर नपाउने प्रस्ट्याउनु भयो ।
बङ्गलादेशका मेडिकल कलेजहरूले पनि नेपाली कन्सल्टेन्सीलाई जति पनि विद्यार्थी पठाउन भनेकोले कलेज र कन्सल्टेन्सी मार्फत नेपालीहरू ठगिँदै आएको काउन्सिलको दाबी छ ।  उहाँले भन्नुभयो, “जथाभावी कमिसन खाएर विद्यार्थी पठाउने कन्सल्टेन्सीलाई सरकारले नियन्त्रण गर्न सक्नुपर्दछ । ”
बङ्गलादेश गइसकेपछि विद्यार्थीलाई बङ्गलादेशको मेडिकल कलेजले भर्ना गरिदिन्छ ।  अध्ययन गर्न पनि पाएकै हुन्छन् ।  अध्ययनपछि परीक्षा पनि दिने गरेका छन् तर परीक्षा दिइसकेपछि नतिजा प्रकाशनका बेला नेपाली विद्यार्थीहरूको नतिजा अनुत्तीर्ण भनी उल्लेख हुने गरेको छ ।
एक वर्षपछि पैसा फिर्ता माग्दा ‘तिमीहरूले भर्ना भएर अध्ययन गरिसक्यौ, अब पैसा फिर्ता हुँदैन, अर्को वर्ष मिल्यो भने पुनः अध्ययन गर्नू’ भन्ने जवाफ बङ्गलादेशको मेडिकल कलेजले दिने गरेको छ ।  बङ्गलादेशको नाइटेङ्गल मेडिकल कलेजमा अध्ययन गरेका १८ जना विद्यार्थी त्यसैगरी ठगिएका छन् ।  त्यहाँस्थित मेडिकल काउन्सिलले उक्त कलेजलाई कारबाही गरेपछि मात्र नेपाली विद्यार्थीले आफू ठगिएको पत्तो पाए ।  त्यसपछि दूतावास गुहार्न गएपछि दूतावासको पहलमा उक्त कलेजबाट विद्यार्थीहरूको ढाका विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजमा स्थानान्तरण भएको थियो ।  नेपाल मेडिकल काउन्सिलका अनुसार नाइटेङ्गल मेडिकल कलेजमा अध्ययन गरेर सबै पैसा त्यही कलेजलाई बुझाएका नेपाली विद्यार्थीले अरू कलेजले थप रकम नदिँदासम्म अध्ययन गराउन मानेन ।  गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा