झापा, ११ मंसिर । झापाका मतदाताले उम्मेदवारहरूसँग आफूहरूलाई हात्ती आतङ्कबाट छुटकारा दिलाउन गराउन माग गर्ने गरेका छन् । मङ्सिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि झापामा मुख्य कार्यसूची हात्तीको आतङ्क बनेको छ । झापामा जङ्गली हात्ती आएर स्थानीय जनताको घर भत्काइदिने, मान्छे मार्ने, अन्नबाली नष्ट गरिदिने समस्या छ । हात्ती आतङ्कबाट यहाँका जनता वर्षौंदेखि पीडित छन् । त्यसैले यस समस्यालाई मतदाता र उम्मेदवार दुवैले कार्यसूचीकै रूपमा प्रस्तुत गरेका छन् । झापा जिल्लाका झण्डै छ लाख मतदातामध्ये आधा जति यसबाट पीडित देखिएका छन् । पाँचवटामध्ये तीनवटा निर्वाचन क्षेत्र पूर्णरूपमा हात्ती समस्याबाट ग्रसित छ । झापाका क्षेत्र नं १, २ र ३ पूर्णरूपमा प्रभावित रहेको हात्तीपीडित सोम तामाङले बताउनुभयो । उहाँका अनुसार मेची नगरको पूरै भाग, भद्रपुरको ९ र १० नम्बर वडा र बुद्ध शान्तिका ४, ५, ६ र ७ नं वडा विशेष प्रभावित क्षेत्र हुन् । सबैभन्दा बढी हात्तीपीडित मतदाता भएको निर्वाचन क्षेत्र तीन नम्बर हो । जसमा भद्रपुर, हल्दिबारी, बाह्रदशी र कचन कबललगायतका पर्छन् ।
त्यस्तै, झापा–२ मा एक लाखभन्दा बढी मतदाता छन् र त्यहाँका मतदाताको समस्या पनि उस्तै छ । भद्रपुरका अर्का हात्तीपीडित कृष्णबहादुर तमाङले हात्तीकै कारण कतिपय घरबारविहीन बनेको बताउँदै भन्नुभयो, “चुनावको समय आयो भने उम्मेदवारहरू विभिन्न आश्वासन लिएर आउँछन् र मत लिएर जान्छन् तर फेरि कहिल्यै फर्केर आउँदैनन् । हामी दिनदिनै त्यसबाट पीडित बनेका हुन्छौँ । ’
भद्रपुर नगरपालिका–१ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले हात्तीको समस्या समाधान गर्न राज्यस्तरबाट विभिन्न आश्वासन दिइए पनि समाधान हुन नसकेको बताउनुभयो । झापा–१ का प्रतिनिधिसभा उम्मेदवार एवं नेकपा (माओवादी केन्द्र)का नेता सुरेन्द्रकुमार कार्की र नेपाली काँग्रेसका प्रतिनिधि सभा उम्मेदवार विश्वप्रकाश शर्मा दुवैले हात्ती नियन्त्रणलाई मुख्य कार्यसूचीमा राख्नुभएको छ । झापा ३ का वाम गठबन्धनको समर्थन प्राप्त राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले पनि हात्ती आतङ्कलाई मुख्य मुद्दा बनाउनुभएको छ ।
उहाँ भन्नुहुन्छ,‘ यो हात्तीको समस्यामा सबैभन्दा बढी काम मैले गरेको छु । ’झापा–३ का प्रतिनिधिसभा उम्मेदवार नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पनि चुनाव जित्नका लागि हात्ती नियन्त्रणको स्थानीय मुद्दालाई चुनावी मुद्दा बनाएर जनताको माझमा जानुभएको छ । गोरखापत्रमा खबर छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा