
काठमाडौं । केही महिना अघि भारतमा यौन दुराचारको आरोपमा एक धर्मगुरु पक्राउ परे । पक्राउ परेका उनीबारे नेपाल मात्रै होइन विश्व भर नै सनसनीपूर्ण खबर बनेको थियो । नेपालमा समेत एक बौद्ध धर्मगुरुमाथि यौन दुराचारको आरोप लागेको छ ।
विहीबार प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले एक धर्म गुरुलाई पक्राउ गरेको हो । दक्षिणकाली नगरपालिका १ चाल्नाखेल वोशनस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा सञ्चालन गरी बसेका रिम्पोचे नाम गरेका ती धर्म गुरुलाई ब्युरोले पक्राउ गरेको हो । उनले झण्डै एक दशकदेखि धर्म गुरुको काम गर्दै आएको समेत भेटिएको छ ।
गुरु रेम्पोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामा नाम गरेका यी धर्म गुरुले विभिन्न महिलामाथि यौन दुव्र्यबहार गर्ने गरेको थाहा भएको छ ।

उनले ‘म अवतारी लामा हुँ, दशैँँ पुस्तासम्म एउटै कुलमा जन्मेको जन्मजात अवतारी लामा हुँ’ भन्दै आफू लाई चिनाउँदै आएका थिए । सिन्धुली जिल्लाको कुशेश्वर दुम्जामा जन्मेका उनी आफूले जस्तो सुकै दैवी रोग लागेपनि निको पार्ने दाबी गर्छन् । उनले महिलाको मात्रै उपचार गर्ने र महिलालाई डर र त्रासमा पारेर यौन शोषण गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

उनलाई प्रहरीले मंसिर ५ गते नै पक्राउ गरेको थियो । पक्राउ गरिएका उनलाई विहीबार सार्वजनिक गरिएको हो । लामालाई जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणी तथा साइबर अपराधको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
उनले आफूले महिलालाई चुम्बन गर्दै गरेको तस्विर समेत सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिदिएका छन् ।
उपचार गराउन आएका महिलालाई उपचारको क्रममा एक्लो कोठामा निर्वस्त्र बनाएर जबरजस्ति यौनसम्पर्क गर्ने गरेको समेत सिआइबीको अनुसन्धानमा खुलेको छ ।
यी गुरुले महिलालले आफूसँग भएको यौन सम्बन्ध सार्वजनिक गरे वा कसैलाई भने रोग बल्झने र फेरी उपचारको निम्ती उनीसँगै यौन सम्बन्ध राख्नुपर्ने सर्त राख्ने गरेको समेत प्रहरी अनुसन्धानमा खुलेको छ ।
‘गुरू तेतिस कोटी देउताको अवतार भएको, गुरू रिसाएमा अनिस्ठ हूने भनी डर त्रास देखाई भ्रममा पारेको पीडित महिलाहरूलाई परपुरूषसँग विवाह गरेमा तिम्रो मृत्यु समेत हुन्छ भनी त्रास देखाई पीडितहरूलाई बारम्बार यौन सम्पर्क गर्ने गरेको खुलेको छ,’ प्रहरीले आफ्नो विज्ञप्तिमा भनेको छ,‘ यिनको फेसबुक पेजमा हेर्दा महिलासित चुम्बन गरेको फोटोसमेत देखियो। फोटोलाई कसैले नकारात्मक दृष्टिले हेरेमा विभिन्न समस्या भोग्न सक्ने वा वज्र शक्तिको पीडित हुनसक्ने भनी समेत धम्क्याइएको छ।’
िदयाेपाेस्टबाट साभार
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा