काठमाडौँ, १० मंसिर । । हिमाली जिल्ला हुम्लाको दुर्गम बस्ती मासपुुरका मतदाताको मत हाल्ने रहर यसपालि पनि अधुुरै रहने भएको छ । सदरमुुकाम सिमकोटबाट चार दिन पैदल लाग्ने सो गाउँमा १६ घरधुुरीका ४८ जनामध्ये अधिकांश मतदाता मतदान गर्नबाट वञ्चित हुने भएका हुन् ।
मतदानस्थल टाढा भएका कारण उहाँहरूको भोट हाल्ने रहर अधुुरै रहने भएको हो । हालको ताँजाकोट गाउँपालिकाको वडा नम्बर ३ को थापागाउँ बस्तीसँग वडा जोडिएपछि दूरदराजको बस्ती मासपुुरका जनताको मत हाल्ने रहरमा तुुषारापात भएको शनिबार बेलुुका ५ बजे मतदानस्थल आइपुुगेका कल्या बुुढाले दुुःखेसो गर्नुभयो ।
आफूहरूको मतदान केन्द्र कैलाश आधारभूत विद्यालयमा आएर मत हाल्ने सबैको रहर भएर पनि बूढाबूढी हिँड्न नसक्ने र घरको एक जनाले बालबच्चा र बस्तुुभाउ तथा घरको हेरचाह गर्नैपर्ने बाध्यताले बढीमा २० जना मात्र मत हाल्न आउने उहाँले बताउनुुभयो । “गाउँवासी सबैमा भोट हाल्ने इच्छा छ तर त्यो सपनाजस्तै छ, कहिले पूरा होला र त्यो सपना ?”, लामो सास फेर्दै बुढाले भन्नुभयो ।
अझ अर्को रोचक पक्ष त के छ भने गत स्थानीय चुुनावमा मत हालेका मतदाताले यसपालि भोट हाल्न पाउँदैनन् । उहाँहरूको साटो अस्ति निर्वाचनमा मत हाल्न नआएका मतदाताहरू यसपालि आएको बलबिरे बुढाले बताउनुुभयो । राज्यबाट सेवासुुविधा पुु¥याउन निकै कठिन हुुने सो गाउँमा विकासे योजनाहरू त दुुई वर्षको अन्तरमा पर्ने गरेको उहाँले बताउनुुभयो ।
शनिबार बिहान ५ बजे हिँडेर मतदान केन्द्र रहेको थापागाउँ आइपुुग्नुुभएकी याङ्जुु रोकायाले गुनासो गर्नुभयो, “हाम्रो बाध्यता कसले बुुझिदेला र ? अरू विकास त पाइँदैन पाइँदैन, संविधानले नै प्रत्याभूत गरेको मतदान गर्ने अधिकारबाट समेत वञ्चित हुुनुुको पीडा कस्तो हुन्छ, त्यो मासपुुरवासीलाई मात्र थाहा छ । ”
यसपालिको निर्वाचनमा मत हाल्न मतदान केन्द्र आउने धेरै चाहना भए पनि पूरा नभएको सन्देश मतदान गर्न आएका मतदातामार्फत अरूले दिएका छन् । कुुसकला बुढाले आफूमार्फत मासपुुरवासीलाई मतदान केन्द्रको व्यवस्था गाउँमै गर्न अनुरोध गर्नुभएको रोकायाले बताउनुुभयो । “हामी नेपाली जनता हौँ भने मत हाल्ने व्यवस्था राज्यले गरोस्”, बुुढाको भनाइ उद्धृत गर्दै रोकायाले भन्नुभयो ।
त्यसो त मासपुर गाउँको इतिहास पनि २०५२ सालदेखिको मात्र छ । २०५२ सालमा मात्र सो गाउँ पत्ता लागेको थियो र २०५६ सालको निर्वाचनदेखि मात्र मतदाता नामावली सङ्कलन भएको थियो । २०५८ को जनगणनाबाट त्यहाँका जनताको विवरण सार्वजनिक भएको ताजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले बताउनुुभयो ।
केही व्यक्तिले दूरदराज भएकै कारण नागरिकता लिन नपाएको उहाँले बताउनुुभयो । गत वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनका बेलादेखि नै मतदान केन्द्र राख्नका लागि पहल भए पनि त्यो पूरा हुुन नसक्दा मासपुुरका जनता मताधिकारबाट वञ्चित हुनुु परेको उहाँले बताउनुुभयो । हालसम्म सञ्चारको कुुनै पनि माध्यम नपुुगेको मासपुुर गाउँमा यसपालि निर्वाचनका लागि नेपाली काँग्रेसको टोली पुुगेको स्थानीयवासीले बताएका छन् ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा