रक्षामन्त्री: निर्वाचन बिथोल्ने दुई हजारको लिस्ट तयार छ

bhimsen-das-pradhan-1024x604काठमाडौँ, १० मंसिर ।  रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन बिथोल्न खोज्ने विप्लव नेतृत्वको नेकपाका दुई हजारजनालाई सरकारले पहिचान गरेर विशेष निगरानी गरिरहेको बताएका छन् । तीमध्ये पाँच सय पक्राउ परेको उनले बताए ।

प्रधानले निर्वाचन बिथोल्न सक्रिय व्यक्तिको भागाभाग भएको र त्रासले अर्धभूमिगत भएको भन्दै ढुक्कसँग मतदान गर्न आग्रह गरे । ‘अब कसैले चाहेर पनिनिर्वाचन बिथोल्न, केही गर्न सक्ने अवस्था छैन, करिब पाँच सयजनालाई गिरफ्तार गरिसकिएको छ, धेरैको भागाभाग भइरहेको छ,’ रक्षामन्त्री प्रधानले भने ।

‘हिंसात्मक घटनामा विप्लवको पार्टी’
रक्षामन्त्रीले चुनावअघि देशका विभिन्न भागमा भएका हिंसात्मक घटनामा विप्लव नेतृत्वको नेकपाका कार्यकता संलग्न भएको जिकिर गरे । तर, बम र विद्युतीय धराप विस्फोटका घटनाबारे नेकपाले हालसम्म जिम्मेवारी लिएको छैन ।

‘निर्वाचनविरोधी गतिविधिमा विप्लव समूहले बम आतंक मच्चाएको छ, निर्वाचन बिथोल्न खोज्ने विप्लव समूहका नेताहरूलाई सुरक्षा संयन्त्रले अहिले व्यापक खोजिगरिरहेको छ,’ रक्षामन्त्री प्रधानले भने, ‘तर उनीहरूका सामान्य घटनाले निर्वाचनलाई असर गर्दैन । निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुन्छ, सुरक्षा व्यवस्था भइसकेको छ ।’

सरकारले नेकपासँग वार्ता नगर्ने पनि मन्त्री प्रधानको भनाइ थियो । ‘चुनावको मुखमा हामी उहाँहरूसँग वार्ता गर्दैनौँ, तर, हामी हिट एन्ड रनको पक्षमा छैनौँ, यदि विप्लव समूह वार्तामा आयो भने हामी कुरा सुन्न तयार छौँ,’ प्रधानले भने । तर, संविधान ल्याउन विप्लव नेतृत्वको पार्टीको पनि भूमिका भएको भन्दै प्रधानले प्रशंसासमेत गरे ।  नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा